default_image

8 years ago

February 20, 2017

पहिलो दिनमा एमेच्योर तेन्जिङको अग्रता

130 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत सोमबारबाट पार-७२ गोकर्ण गल्फ क्लबमा  सुरु भएको सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एमेच्योर गल्फर तेन्जिङ छिरिङले अग्रता लिएका छन्

amatuer-golfer-tenzing-tshering

राष्ट्रिय गल्फ टोलीका सदस्य रहेका तेन्जिङले ६अन्डर ६६ को स्कोर बनाउदै तालिकाको शिर्ष स्थानमा रहन सफल भएका हुन् तेन्जिङले दुवै हाफमा ३ अन्डर ३३को स्कोर बनाएका थिए तेश्रो र सातौँ होलमा इगल बनाएका तेन्जिङले चौथो होलमा १ सट खर्चेका थिए ब्याक नाइनमा तेन्जिङले ११औं, १२औं र १५औं होलमा बर्डी बनाए

तेन्जिङले दोश्रो स्थानमा रहेका व्यावसायिक गल्फर भुवन नगरकोटी र संजय लामा भन्दा चार स्ट्रोक कम खेलेका छन् नगरकोटी र लामाको २ अन्डर ७०को स्कोर रहेको छ चौथो स्थानमा रहेका रबि खड्काले १ अन्डर ७१को स्कोर बनाए

नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ १ ओभर ७३ स्कोर जोड्दै बलभद्र राइसंग पाँचौ स्थानमा रहेका छन् शिर्ष स्थानमा रहेका तेन्जिङले इगल हानेको सातौँ होलमा शिबरामले डबल बोगी खेपेका थिए। सातौं स्थानमा दिपक आचार्य ( २ ओभर ७४) रहेका छन् भने ३ ओभर ७५ जोडेका एमेच्योर टंक बहादुर कार्की व्यवसायिक गल्फरहरु राजेन्द्र श्रेष्ठ प्रधान, जयराम श्रेष्ठ र धन बहादुर थापासंगै सामुहिक आठौँ स्थानमा रहेका छन्

प्रतियोगितामा ३३ व्यवसायिक र १५ एमेच्योर गल्फरले सहभागिता जनाएका छन् कुल ६ लाख पुरस्कार रहेको प्रतियोगिताको विजेताले रु.१,१०,००० पाउने छ  भने दोश्रो र तेश्रो हुनेले रु.७०,००० र रु. ४५,००० पाउनेछन् अन्य २१ उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.