2 months ago
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ।
न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको हो।
रिमा ५ वर्ष भन्दा बढी र अलिशा २ वर्ष भन्दा बढी न्यु डायमण्डबाट खेलिन् । रिमाले राष्ट्रिय महिला भलिबल टोलीबाट तथा अलिशाले नेपाली यु २० बाट खेलिसकेकी छिन्।
क्लबका पदाधिकारी र खेलाडीबिचमा भएको बिदाइमा रिमा भावुक भइन् । उनले आफ्नो घर जस्तो क्लबलाई व्यवसायिक जीवनलाई अघि बढाउन लाई छाड्न परेकोमा नरमाइलो लागेको बताइन् ।
क्लबका अध्यक्ष एवम् मुख्य प्रशिक्षक कुमार राईले आफूले तयार पारेका खेलाडीलाई बिदाइ गर्न सहज नभएपनि उनीहरुको भविष्यका लागि खुसी लागेको बताए । उनले दुवै खेलाडीको सुखद भविष्यको कामना गरे । क्लबले दुवै खेलाडीलाई जनही ५ हजार र प्रशंसा पत्र प्रदान गरेको थियो।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]