default_image

2 months ago

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे।

यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्।

सदभावले बंगलादेशका मोहम्मद शाहबुद्दिन र श्रीलंकाका चरिथा पुष्पिका विरुद्ध ४ स्ट्रोकको अग्रता लिएका हुन्। उनीहरु समग्रमा ६-ओभर २२२ को स्कोरमा सम्युक्त दोस्रो स्थानमा छन्।

शाहबुद्दिनले ४-ओभर ७६ को उत्कृष्ट स्कोर निकाल्दा चरिथाले आज १-ओभर ७३ मा खेल सकाए, जुन‌ दिनकै उत्कृष्ट कार्ड समेत हो।

ढाकाको कुर्मितोला गल्फ क्लबमा सदभावले पहिलो दुई दिन लगातार ३-अन्डर ६९ को कार्ड बनाएका थिए। तर तेस्रो दिन उनले उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । फ्रन्ट नाइनमा १-ओभर ३७ को प्रदर्शन गरे। तेस्रो होलमा बर्डी प्रहार गरेपनि पाँचौँ र नवौँ होलमा बोगी खेपे।

उनले ब्याक नाइनमा बिर्सनलायक खेले। १०औँ, ११औँ र १८औँ होलमा एक-एक सट गुमाए। उनले १३औँ र १५औँ होलमा डबल बोगीको सामना गर्दै ब्याक नाइन ७-ओभर ४३ मा पुरा गर्न बाध्य भए।

आजको प्रदर्शनका बाबजुद पनि सदभावले स्वर्ण पदकको सम्भावना भने कायमै राखेका छन् । ४ स्ट्रोकको अग्रतालाई अन्तिम १८ होलको खेल खेल्दा जोगाउँदै सम्हालिएर खेल्न जरुरी छ।

नेपालका अर्का गल्फर राहुल विके भने समग्रमा २२६ स्कोर सहित पाँचौ स्थानमा छन्। उनले आज पनि ४-ओभर ७६ को स्कोर कार्ड बनाए। सदभाव र राहुलले हिजो नेपाललाई टिम स्पर्धामा स्वर्ण पदक दिलाइसकेका छन्।

महिलातर्फको प्रतियोगिता शुक्रवार सुरु भएको छ। नेपालको तारा कार्की चित्रकारले पहिलो राउन्डमा १९-ओभर ८१ स्कोर गर्दा सम्झना खत्रीले १०२ स्कोर निकालिन। प्रतियोगिता शनिवार सकिनेछ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.