3 months ago
January 9, 2025
सुमन अधिकारी,बुटवल
त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।
आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो।
पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन चन्द, पहल गहतराज र रविन नगरकोटीकोले आर्मीलाई खुलेर खेल्न दिएनन ।
दोस्रो सेटमा आर्मीले पुनरागमन गर्यो । दुर्गा महतो, धनपति कुवर, धनबहादुर भट्टको उत्कृष्ट प्रदर्शनमा आर्मी १-१ को बराबरी गर्न सफल भएको हो।
पुलिसले तस्रो सेटमा आफ्नो पक्षमा पार्यो । अर्को सेट जित्दा पुलिसले उपाधि पक्का हुने थियो । तर आर्मीले चौथो सेट आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटमा पुर्यायो ।
निर्णायक सेटमा पुलिसले सुरुवातबाट लगातार अंक गुमायो । आर्मीले पुलिसका रविन, पहल र रविनको हरेक सर्टलाई ब्लक गर्न सफल भयो । त्यो सेट आर्मीले सजिलै निकाल्यो ।
प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो । भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित भयो ।
आर्मीले ट्रफीसहित ७ लाख, पुलिसले ३ लाख ५० हजार, मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]