default_image

2 months ago

January 8, 2025

बंगालादेशमा नेपालका सदभाव शीर्षस्थानमा

436 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणको पहिलो दिन बुधवार नेपालका सदभाव आचार्य शीर्ष स्थानमा रहेका छन्।

३-अन्डर ६९ उत्कृष्ट स्कोर सहित सदभाव शीर्षस्थानमा रहन सफल भएका हुन्। उनले आयोजक बंगलादेशका मोहम्मद शाहबुद्दिनलाई ३ स्ट्रोकले पछि पारे।

ढाकास्थित कुर्मितोला गल्फ क्लबमा आज सुरु भएको प्रतियोगितामा युवा गल्फर सदभावले बोगी रहित राउन्ड खेले। पहिलो १० होलमा लगातार पार बचाएपछि उनले ११औं, १३औं र १७औं होलमा बर्डी प्रहार गरे।

बंगलादेशका शाहबुद्दिन इभन-पार ७२ सहित दोस्रो स्थानमा रहे। २-ओभर ७४ को स्कोर सहित चार खेलाडी, नेपालका राहुल विके, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद समिम संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्।

राहुलले फ्रन्ट नाइनमा तीन बर्डी र तीन बोगीसहित इभन-पार ३६ खेले। उनले दोस्रो, छैटौं र नवौं होलमा बोगी खेपे। तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे। राहुलले १०औं र १७औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन २-ओभर ३८ मा पूरा गरे।

टिम इभेन्टमा नेपालका सदभाव आचार्य र राहुल विकेको जोडी १-अन्डर १४३ को स्कोरमा शीर्षस्थानमा छ। नेपालले बंगलादेशको ‘ए’ टिमलाई पाँच स्ट्रोकले पछि पारेको छ।

बंगलादेशको ‘ए’ टिमका अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४-ओभर १४८ स्कोर बनाएको छ। बंगलादेशको ‘बी’ टिमका सफिकुल इस्लाम र रोमन मिया ६-ओभर १५०को स्कोरसहित तेस्रो स्थानमा रहे।

४ दिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता छ। टिमतर्फ ८ टिमले दाबेदारी प्रस्तुत गरेका छन्। टिमतर्फको विजेताको निर्णय ३६ होलको समाप्तिमा हुनेछ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.