3 months ago
January 8, 2025
सुमन अधिकारी,बुटवल
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलमा एकअर्कासँग भेट पक्का गरेका हुन् ।
आज आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई हराउँदै फाइनलमा पुगेको थियो। पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो। आज नै गुजरात र मणिमुकुन्दबिच तेस्रो स्थानको खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ७ लाख, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]