3 months ago
January 6, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसनकाबिच हुने भएको छ।
दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ ।
सोमवार लिग चरणको अन्तिम २ खेल सकिएपछि समूह विजेता र उपविजेताको टुंगो लागेको हो ।
सोमवार पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २५–१९ र २८–२६ को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा खेलमा आर्मीले एपिएफलाई २५–१७, २५–२१, १९–२५ र २५–१५ को सेटमा हराएका हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउनेछ। ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]