2 months ago
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ ।
मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई स्वागत गर्दै सदस्यमा नियुक्त भएकोमा बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । बस्याल र श्रेष्ठ सदस्यमा दोहोरिएका हुन् । बस्याल राखेप कार्यकारी समितिकी सदस्य पनि थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले कुनैपनि प्रतियोगिताको नियमित निरन्तरता अत्ति आवश्यक भएको बताउदै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु पर्नेमा जोड दिए ।
सदस्य बस्यालले दोश्रोपटक नियुक्त हुँदा पुनः मूल घर फर्कको आभास भएको बताउदै विगतका कमीकमजोरीलाई सच्चयाउदै खेलकुदलाई नयाँ उचाईमा पु¥याउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सदस्य चन्दले नियुक्तले जिम्मेवारी थपिएको महसुस भएको बताउँदै नेपाल तेक्वान्दो संघमा लामो समय काम गरेको अनुभवलाई समग्र खेल क्षेत्रको विकासमा लगाउने बताए ।
कार्यक्रममा राखेपका सदस्य अञ्जन धमला, अन्जना श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक कृष्ण तिमिल्सिना, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतको उपस्थिति रहेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।