default_image

1 month ago

January 5, 2025

इन्डो नेपाल भलिबलको समिफाइनल समीकरण पूरा

3103 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह चरणका २ खेल बाँकी रहँदा‌ नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन अन्तिम चारमा पुगेका हुन्।

गुजरातले आइतवार दोस्रो खेलमा गल्कोट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । गुजरात २५-१८, २५-१९ र २५-१६ को सोझो सेटमा विजयी भयो ।

दिनको पहिलो खेलमा आयोजक मणिमुकुन्द भलिबल क्लबले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई‌ २५–२०, १८–२५, २५–१२, २१–२५ र १५–१२ को सेटमा हराउँदै सेमिफाइनल पुगेको थियो।

प्रतियोगितामा सोमवार समूह एमा जसमा पुलिस र रुकुम पश्चिम तथा समूह ‘बी’मा आर्मी र एपिएफबिच प्रतिस्पर्धा हुनेछ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.