1 month ago
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाम्रो खेलकुदकी वरिष्ठ सम्वाददाता सरिता श्रेष्ठ एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन्।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको (एनएनआइपिए) आयोजनामा शनिवार तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिर परिसरमा भएको १९ औं एनएनआइपिए स्पोर्टस अवार्डमा श्रेष्ठ सम्मानित भएकी हुन् ।
एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र मानार्थ अध्यक्ष दीपक विष्टले पत्रकार श्रेष्ठलाई सम्मान पत्रसहित ३५ हजार रुपैयाँले सम्मान गरे ।
दुई दशक भन्दा लामो समयदेखि खेल पत्रकारिता गर्दै आएकी श्रेष्ठले मेट्रो एफएमबाट व्यवसायीक पत्रकारिता सुरु गरेकी हुन्। त्यसपछि एनटिभी, एभिन्युज, ग्यालेक्सी फोर केमार्फत खेल पत्रकारिता गरेकी थिइन् । हाल उनी हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालमा आबद्ध छिन् ।
एनएनआइपिए अवार्डमा १९ औं एसियाली खेलकुदमा भाग लिएका २९ खेलका उत्कृष्ट खेलाडीहरू जनही १० हजार सहित सम्मानित भए ।
उत्कृष्ट २९ बाट उसुका विजय सिन्जाली पुरुष र करातेकी एरिका गुरूङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भए र समान १ लाख रुपैयाँ प्राप्त गरे।
प्रतिभाशाली खेलाडीद्वय तेक्वान्दोका अश्मिन राउत र कबड्डीकी मानमती विष्टले समान ५० हजार रुपैयाँ पाए । वर्ष उत्कृष्ट पारा खेलाडीबाट पलेशा गोवर्धन सम्मानित भइन् र १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
एथलेटिक्सका प्रशिक्षक रघुराज वन्त गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भए र उनले ३५ हजार रुपैयाँ प्राप्त गरे। सोही अवसरमा तारकेश्वर नगरपालिकाले स्थानिय खेलाडीलाई पनि सम्मान गरेको थियो।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]