3 months ago
January 3, 2025
सुमन अधिकारी,बुटवल
एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ ।
प्रतियोगिताको तेस्रो दिन शुक्रवार एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३-२ ले पराजित गरेको हो ।
चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएर विहिवार स्थगित एपिएफ र गल्कोटबिचको खेल शुक्रवार पुनः खेलाइएको थियो । हिजो चौथो सेटमा पुगेर खरल स्थगित भएको थियो ।
शुक्रवार पहिलो सेट २५-१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट २५-२२ पनि आफ्नो पक्षमा पार्यो ।
एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई कठिन समयमा जित दिलाएका थिए ।
तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जित्यो। गल्कोटले तेस्रो सेट २५-२२ तथा चौथो सेट ३३-३१ अंकमा जितेको थियो ।
निर्णायक अन्तिम तथा पाचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०-१८ ले जित्यो ।
दिनको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको थियो । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर कोर्टमा जारी प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा एकेडेमीले रुकुममाथि सहज जित निकालेको हो।
एकेडेमीले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-२३ अंकमाले थियो । तेस्रो सेटबाहेक एकेडेमीले खासै चुनौतिको सामना गर्नु परेन।
मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३-१ मा पराजित भएको थियो ।
रुकुम मणिमुकुन्द भलिवल क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनोट चरणको अन्तिम प्रतिस्पर्धा आइतवार मणीमुकुन्दसंग गर्नेछ । दुबै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिसको सामना गर्ने छ ।
समूह एमा रहेको पुलिस, मणिमुकुन्दले समान खेले जितेका छन् । रुकुम पश्चिमले दुबै खेलगुमाएको छ। पमदन भण्डारी एकेडेमी १ जित र १ हार बेहोरेको छ ।
पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।
शनिवार ३ वटा खेल हुनेछन्। पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवल आर्मी क्लब र गल्कोटबिच हुनेछ ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले१ लाख ७५ हजार र चौथो टोलीले १लाख रुपैयाँ पाउनेछ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]