1 month ago
January 2, 2025
सुमन अधिकारी, बुटवल
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत बुधवार तय गरिएका ३ खेल मध्ये २ खेल मात्र सम्भव भएको छ।
चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित गर्नु परेको आयोजकले जनाएका छन् ।
एपिएफ र गल्कोटबिच चौथो सेट खेल्ने क्रममा मौसममा परिर्वतन हुनुकासाथै कोर्टमा शीत पर्न थालेपछि एपिएफका खेलाडीले खेल्न नसकिने भनि रेफ्रिलाई भनेका थिए ।
त्यस अवस्थामा एपिएफ ९–६ अंकले अगाडि थियो । केहि समय रोकिएर खेल्ने प्रयास गर्दा खेलाडी चिप्लन थालेपछि टाइम आउट लिएर खेल रोक्न भनिएको थियो ।
खेल रोकिदा एपिएफले १ र गल्कोटले २ सेट जितका थिए । गल्कोटले ५ विदेशी इरानी खेलाडी मैदानमा उतारेको थियो । यसैबिच आयोजकले पूर्व खेलहरु नियमित तालिका अनुसार हुने र रोकिएको खेल प्राविधिक टिम बसेर दिन तय गर्ने जनाएको छ ।
त्यसअघि बिहीवारको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हरायो ।विजयी भयो । मणिमुकुन्दल २५-२१, २५-१५ र २५-२२ ले विजयी भयो ।
प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा त्रिभुवन आर्मीले गुजरात प्रदेश भलिबल एसोसियसलाई ३-१ को सेटमा पराजित गरेको थियो। आर्मीले खेलको पहिलो सेट १५-२५ ले गुमाएको थियो।
त्यसपछि दोस्रो सेट २९-२७ ले जित्दै आर्मी खेल फर्कियो । तेस्रो र चौथो सेट २५-२१ र २५-२२ ले जित्दै आर्मी निकाल्यो ।
शुक्रवारको पहिलो खेल मदन भण्डारी स्पोटर्स एकेडेमी र रुकुक पश्चिम तथा दोस्रो खेल गुजरात र एपिएफबिच हुनेछ ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता छ । समुह ‘ए’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द , रुकुम पश्चिम र मदन भण्डारी एकेडेमी छन् । समुह ‘बी’मा एपिएफ, आर्मी, गल्कोट छन् ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो टोलीले ३ लाख ५० हजार, तेस्रोले१ लाख ७५ हजार र चौथो टोलीले १लाख रुपैयाँ पाउनेछ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]