default_image

1 month ago

January 1, 2025

ललितपुरका सजिनलाई बिलमलाल स्मृति चेस उपाधि

337 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- ललितपुरका सिएम सजिन महर्जनले राष्ट्रब्यापी फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

ललितपुर स्पोर्ट्स क्लबले पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा बुधवार ७.५ अंकका साथ सिजनले उपाधि जितेका हुन् ।

ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतियोगितामा १ सय २२ खेलाडीको सहभागिता थियो।
९ चरणको खेलबाट विजेता बनेका सिजनले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गरे। 

समान ७.५ अंक जोडेका एफएम क्षितिज भण्डारी टाइब्रेकरका आधारमा दोश्रो भए । काभ्रेका एफएम क्षितिजले १५ हजार रुपैयाँ पाए । यसैगरी ७ अंक बनाएर पाँचथरका रिशोन थापा तेस्रा भए‌ र उनले १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगितामा समान ७ अंक बनाएर चौथो भएका पेभेलियन चेस एकेडेमीका सिएम शुश्रुत दाहालले ८, पाँचौं भएका भक्तपुरका गणेशमान दुवाल ७ हजार रुपैयाँ पाए।

यस्तै समान ६.५ अंक जोडेर रुपेश बहादुर रामचन्द्र छैटौं, काठमाडौंका पुरुषोत्तम सिलवाल सातौं, सिएम केशव श्रेष्ठ आठौं, बद्रीलाल नेपाली नवौं र देवराज दशौं भए र जनही ५ हजार रुपैयाँ पाए ।

स्पर्धामा बद्रीलाल नेपाली, सुरोज महर्जन, सानुराजा बज्राचार्य क्रमशः उत्कृष्ट ललितपुर बने। अनरेटेड तर्फ सत्वीक तुलाधर, रजिन महर्जन, सोनु गुरुङ उत्कृष्ट रहे। यस्तै महिला विधा तर्फ सिन्दिरा जोशी, पूजा भण्डारी, बिनिता कपाली उत्कृष्ट रहे। 

प्रतियोगिता भरि रेटेड १९ सय मुनि मुहान नरसिंह श्रेष्ठ, १८ मुनि सुशील सुवेदी, १७ मुनि सुशील राउट, १६ सय मुनि पीयूष कुमार मिश्र, १५ मुनि विभव जोशी उत्कृष्ट बने। 

यस्तै युवा १६ सम्यक श्रेष्ठ, हर्ष बर्धन राठी, युवा १४ कशिभ कार्की, सार्थक पन्त उत्कृष्ट बने भने युवा १२ मुनि अविन पाण्डे, कैभल्या पन्त उत्कृष्ट बने। सिनियर ५५ वर्ष भुवनेश्वर चौधरी र ६० वर्षमा नवीन तण्डुकार उत्कृष्ट बन्दै पुरस्कार गर्हण गरेका छन्। 

ललितपुर स्पोर्ट्स क्लबले समापन समारोहको गोरखापत्र दैनिकका वरिष्ठ खेल पत्रकार प्रजित शाक्य, मेरोखेल डट कमकी खेल पत्रकार लक्ष्मी शाक्यलाई जनही ५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।

यस सँगै वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र फेटो पत्रकार एवं खेलाडी राजेन्द्र बज्राचार्य (आर) लाई ६ हजार रुपैयाँसहित सम्मान गरियो।

अनुगमन तथा मूल्याङ्कन समितिका सभापति सांसद ठाकुर प्रसाद गैरेले विजेता खेलाडीलाई पुरस्कृत गरे।
 कुल १ लाख ५७ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको समापनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, स्व. बिलम लाल श्रेष्ठका धर्मपत्नी अञ्जनी श्रेष्ठ, कोषाध्यक्ष तारा बहादुर रानाभाट, जिल्ला संघ सचिव विक्रम श्रेष्ठ लगायतको उपस्थिति थियो। 

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.