1 month ago
December 30, 2024
सुमन अधिकारी, बुटवल
बुटवलमा मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ बुधवार सुरु हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना हुने प्रतियोगिता पुस २४ गतेसम्म सञ्चालन चल्नेछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
प्रतियोगितामा आयोजक एकेडेमीसहित नेपाल र भारतका गरि ८ टोलीको सहभागिता रहनेछ । नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल त्रिभुवन आर्मी क्लबसहित मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गल्कोट भलिबल क्लब र भारतको गुजरात प्रदेश भलिवल एसोसिएसनले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीका अध्यक्ष धु्रव आर्चायले बताए । भलिबका लागि कोर्ट वरिपरी ३ हजार दर्शक अट्ने अस्थायी प्यारापिट गरिएको छ ।
एकेडेमीले आफ्नो स्थापना दिवसका दिन भलिबल प्रतियोगिताबाट सुरु गर्ने र त्यसपछि अन्य खेल आयोजना हुने बताइएको छ ।
अन्य खेलमा फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलका राष्ट्रिय प्रतियोगिता हुनेछन् ।
एकेडेमीले पोखरा वा काठमाडौंमा चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता गर्ने जनाएको छ ।
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]