2 months ago
December 30, 2024
सुमन अधिकारी ,बुटवल
बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय छैंटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मंगलवार सुरु हुँदैछ ।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजि गरि ५३ विद्यालयका करिब १५ सय विद्यार्थीको सहभागिता रहने जानकारी दिए।
प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते र एथलेटिक्समा गरि ५ खेलमा प्रतिस्पर्धा गराइने जनाइएको छ ।
३ दिन सम्म चल्ने प्रतियोगिताको छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदान, हाईजम्प कालिका मानवज्ञान मावि, छात्र भलिबल सिद्धेश्वर कोर्टमा हुने बताइएको छ।
एन्फा एकेडेमी खेलमैदान मर्मतको क्रममा रहेको हुँदा फुटबल उद्घान सिद्धेश्वर खेलमैदानमा गरिने छ ।
प्रतियोगिताका लागि २३ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।
विजेता र रनिङ शिल्डको प्रथम, द्वीतिय, तृतिय हुने विद्यालयलाई वितरण गर्ने गरि करिव ३ लाख खर्च हुने अनुमान गरिएको छ । गतवर्ष कालिका मानिवज्ञान माविले उपाधि जितेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]