default_image

2 months ago

December 29, 2024

आयोजक ललितपुर र थापाथली चेस फाइनलमा

399 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद )- आयोजक ललितपुर स्पोर्टस क्लब र थापाथली चेस पार्क क्लब सातौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लब चेस च्याम्पियनसिपको फाइनलमा पुगेका छन्।

सेमिफाइनलमा आइतवार आयोजक टोलीले ललितपुर महानगरपालिकालाई २.५-१.५ अंकले तथा थापाथलीले साविक विजेता दोलखा चेस होमलाई ३.५- ०.५ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका हुन्।

तेस्रो बोर्डमा खेलेका पूर्व  नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी उत्कृष्ट लयमा रहेका आयोजक क्लबका रिसोन थापासँग पराजित भए‌ । रिसोनले १ अंक जोड्दा फिडे मास्टर रुपेश जैशवाल र सिएम सजिन महर्जनले बराबरी खेले।

त्यसपछि आयोजक टिमको तर्फबाट  दोस्रो बोर्डमा खेलेका शैलेन्द्र न्यौपाने र चौथो बोर्डमा खेलेकी विनिता कपालीले आ आफ्नो खेल बराबरीमा टुंगाए ।

थापाथली चेसकी महिला च्याम्पियन सिन्दिरा जोशीले निर्णायक खेलमा दोलखाकी पूजा भण्डारीलाई‌ हराइन् ।
त्यसअघि थापाथलीका रिजेन्द्र राज भण्डारी र राजन सुवेदी, सुशील चौधरी र सुश्रत दाहालको खेल बराबरीमा टुंगियो ।

ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ४ लाख ३७ हजार रुपैयाँ पुरस्कार रहेको छ।

विजेता टोलीले २ लाख, दोस्रोले १ लाख २० हजार , तेस्रोले ८० र चौथो टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ।
प्रत्येक बोर्डमा उत्कृष्ट स्थान प्राप्त गर्ने खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.