default_image

4 months ago

December 28, 2024

जुनियर सिरिजमा भारत खेलाडीको दबदबा

720 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतीय खेलाडीको दबदबा रहेको छ ।

प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीको मात्र प्रतिस्पर्धा रहेको थियो ।

शनिवार भएको सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

अब नेगीले भारतका सुर्यक्ष रावत संग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । सुर्यक्षले विश्वजित चौधरीलाई २४–२२, २१–१२ ले पराजित गरे ।

महिला एकल तर्फ पारु चौधरीले इशिता नेगीलाई २१–१८, २१–१३ ले पराजित गर्दै फाइनल प्रवेश गरिन् । पारुले अव उपाधिका लागि मेधावी नागर संग प्रतिस्पर्धा गर्नेछिन् ।

नागरले दिया भिमैयालाई २१–१२, २१–१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

मिक्स युगलतर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगती परिदाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधि निकट पुग्यो ।

अर्को सेमिफाइनलमा भाब्य छावरा र आङ्गेल पुनिराको जोडी जित हात पा¥यो । उक्त जोडीले बिजोन जैसन र आन्या बिष्टको जोडीलाई २३–२५, २१–१५, २१–१९ ले पराजित गर्दै फाइनलमा शानी र नेगीको जोडी संगको भेट पक्का गर्यो ।

पुरुष युगल तर्फ भाब्य छाबरा र परम चौधरीको जोडी लाई पराजित गर्दै उपाधि निकट पुग्यो । यो जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१–१२, २१–११ ले पराजित गरेका हुन् ।

अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले जित हात पार्यो ।  उक्त जोडीले सी. लालरामसंग र सौरभ साहुको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाईल्याण्डका १०, युएइका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अष्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान १ खेलाडीको सहभागिता छ ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.