default_image

2 months ago

December 28, 2024

सर्वोच्चको आदेशको अवज्ञा गर्दै एनओसीको निर्वाचन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष

499 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै शनिवार भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ पुनः अध्यक्षमा चुनिएका छन् ।

अनलाइन निर्वाचनमा खसेको सबै २० भोट मध्ये श्रेष्ठले प्राप्त गरेको उपाध्यक्ष चतुरानन्द राज वैद्य ले जानकारी दिए। एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् ।

अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको समर्थनमा उम्मेदवारी फिर्ता लिएको राज वैद्यले जानकारी दिए ।

अध्यक्षका अर्का उम्मेदवारी निलेन्द्रराज श्रेष्ठसहित सुनिलकुमार श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, समिम मिया अन्सारी,
पुष्पदास श्रेष्ठ, मनिष जोशी र राजीवविक्रम शाहीले मतदानमा भाग लिएनन् ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को प्रतिनिधि सहित अनलाइन मार्फत अध्यक्ष पदको लागि निर्वाचन भएको दाबी गरिएको छ।

एनओसीले सर्वोच्च र उच्च अदालतको आदेशलाई अवज्ञा गरेको छ । उच्चले दिएको आदेशविरुद्ध एनओसीले मंसिर १७ गते विशेष साधारणसभा गरेको थियो। त्यहि विशेष साधारणसभाले अध्यक्ष र महासचिवले ४ कार्यकाल सम्म बन्न सक्ने प्रावधान पास गरेको दाबी गरिएको छ।

सोहि अनुरुप एनओसीले निर्वाचन प्रक्रिया अघि बढाएको थियो। सरकारले निर्वाचन रोक्न सोमवार प्रहरी परिचाल गरेर एनओसीमा प्रवेश रोक लगाएपनि अनलाइन मार्फत मनोनयन दर्ता भएको थियो।

त्यसपछि सर्वोच्चले बिहीवार निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई पनि एनओसीले अटेर गरेको छ। त्यहि आदेशलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनओसी र त्यसमा आबद्ध संघका प्रतिनिधिलाई निर्वाचन नगर्न नगराउन सुचना जारी गरेको थियो।

एनओसीको १९ सदस्यीय कार्य समितिको लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ।

७ उपाध्यक्षमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्य निर्विरोध भए।

महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सह महासचिवमा रामजी बहादुर श्रेष्ठ, ३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीम सिंह गुरुङ र राम कृष्ण श्रेष्ठ निर्विरोध भए।

५ सदस्यमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्द यसअघि नै निर्विरोध भैसकेका थिए ।

सातदोबाटोस्थित एनओसी भवन आज पनि नेपाल प्रहरीको नियन्त्रणमा रहेको छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.