default_image

1 month ago

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

1699 views

0 Bookmark

फेयर प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन ।

त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ । सामान्य राजनीतिक कार्यकर्ताबाट काठमाडौं महनगरपालिकको वडा अध्यक्ष हुँदै संघिय सांसद र मन्त्री बनिसकेका छन् । नेकपा एमालेको वैकल्पिक देखि केन्द्रीय सदस्य श्रेष्ठ अहिले नेपाल समाजवादीका पोलिटब्युरो सदस्य हुन् ।

एमालेले उनलाई दुई पटक राष्ट्रिय खेलकुद (राखेप) को सदस्य सचिव बनायो । त्यसकै आडमा एनओसीमा प्रवेश गरेको डेढ दशक भन्दा लामो समय भइसकेको छ । दुई पटक महासचिव र दुई पटक अध्यक्ष बनिसकेका छन् । तर, पदमा रहने उनको महत्वकांक्षा अझै जस्ताको तस्तै छ ।

विशेष अधिवेशन गरेर गत वर्ष सकिएको कार्यकाल एक वर्ष थपेको एनओसी नयाँ कार्यसमितिको निर्वाचनको अन्तिम चरणमा छ । १९ मध्ये अध्यक्षबाहेक १८ जना निर्विरोध भइसकेका छन् । अदालत र सरकारको आदेशलाई नजरअन्दाज गर्दै जसरी पनि अर्को कार्यकालका लागि अध्यक्ष हुने योजनामा श्रेष्ठ छन् । जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ र महासचिव निलेन्द्रराज श्रेष्ठ अध्यक्षको दौडमा छन् । समीकरण हेर्दा लाग्छ जीवनराम तेस्रो पटक अध्यक्ष बन्ने लगभग निश्चित छ । बाँकी दुई मध्ये एक विजयी भएमा त्यो नेपाल खेलकुदका लागि आश्चर्य भन्दा कम हुने छैन ।

जीवनराम श्रेष्ठसँग थोरै मात्र पनि नैतिकता हुन्थ्यो भने एनओसीले नयाँ अध्यक्ष पाउने निश्चित थियो । तर उनले आफूबाहेक त्यो पदका लागि लायक अर्को कोहि देखेनन् । त्यसै कारण उनले अनेक तानाबाना बुनेर एनओसीको विधानलाई संसोधन गरेरै छाड्ने वातावरण तयार पारे ।

एनओसीमा अध्यक्ष र महासचिव दुई पटक सम्म बन्न सकिने वैधानकि प्रावधान थियो । मंसिरमा विशेष साधारण सभा गरेर त्यसलाई बदलिएको छ । अब लगातार वा पटक पटक गरेर एनओसी अध्यक्ष र महासचिव बन्न बाटो खुला भएको दावी गरिएको छ । यद्दपी एनओसीले अहिले सम्म त्यसको औपचारिक जानकारी दिएको छैन ।

एनओसीको नयाँ अधिनायक बन्ने उनको योजनामा केहि औंलामा गन्न सकिने व्यक्ति छाडेर एनओसीका अधिकांश प्रतिनिधि मतियार बनेका छन् । विभिन्न पदमा आफूहरुको व्यवस्थापन हुने आशामा श्रेष्ठको जयजयकार गाउँदै विधानलाई दुई तिहाइले पास गरे ।

१७ वर्षअघि एनओसी जहाँ थियो श्रेष्ठले एनओसीलाई त्यहिँ पुर्याएका छन् । तत्कालिन अध्यक्ष रुक्म शम्सेर राणा पद छाड्न चाहदैन थिए । राणाको विरोध गर्दै र ध्रुबबहादुर प्रधानको दौराको फेरो समाएर एनओसी प्रवेश गरेर जीवनराम श्रेष्ठ अहिले त्यहाँका राजा बनेका छन् । राणाको नेतृत्वको एनओसीलाई कोठे चुनावको आरोप लाग्ने गरेको थियो ।

राणालाई हटाउन तत्कालिन महासचिव ध्रुबबहादुर प्रधानले तत्कालिन राखेप सदस्य सचिव जीवनराम श्रेष्ठसँग सहकार्य गरेका थिए । श्रेष्ठ जुडो प्रतिनिधिका रुपमा एनओसीको साधारण सभामा गएका थिए । प्रधान अध्यक्षमा र श्रेष्ठ पूर्व सदस्य सचिव किशोरबहादुर सिंहलाई पराजित गर्दै महासचिव निर्वाचित भएका थिए ।

वर्तमान समयमा श्रेष्ठले नचाहे एनओसीको पात पनि हल्लिदैन । उनको राजनीतिक महत्वकांक्षा र एनओसी अध्यक्ष दुवै उत्तिकै आशक्त छन् । राणाकै समयमा जस्तै श्रेष्ठ कोठामा निर्वाचन गराउने तयारीमा जुटिसकेका छन् । एनओसीमा राणाको एकलौटी राजको अन्त्य गर्न ध्रुबबहादुर प्रधानसँग सहकार्य गरेर जीवनराम श्रेष्ठ अहिले राणा पथमा छन् ।

लगातार दुई पटक एनओसीका महासचिव बने । प्रधानको बर्हिगमन विना एनओसी अध्यक्ष बन्न सम्भव छैन भन्ने बुझेका उनले अध्यक्ष र महासचिव दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधानका लागि माहोल बनाए ।

प्रधानको बर्हिगमन पछि उनी दुई कार्यकाल अध्यक्षमा निर्वाचित भए । जुन स्वभाविक प्रक्रिया थियो । अब एनओसी छाड्नु पर्ने अवस्था आयो तब आफ्नो आवश्यकता अझै रहेको माहोल बनाउन लागि परे । यो बिचमा उनी ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सदस्य पनि भइसकेका छनन् । तर त्यसले उनलाई पुगेन ।

पद विनाको आफ्नो महत्व कम हुने डर सायद उनमा छ । एनओसीका अध्यक्षका रुपमा श्रीमतीसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने र राजनकीय सम्मान किन सजिलै छाड्थे ।

त्यसैले बर्हिगमनको सट्टा एनओसीको विधाननै परिवर्तन गरेर भएपनि एनओसी अध्यक्षका रुपमा सुविधा भोग्ने लोभ पूरा गर्नेतिर लागे । उनकै त्यहि लोभमा एनओसीका २७ सदस्य संस्थाका केहि बाहेक अधिकांश प्रतिनिधि मतियार बन्न तयार भए । जीवनराम श्रेष्ठ नभए को त ? भन्ने प्रश्न गर्न थाले ।

विधान अनुसार जाँउ र इच्छुकहरु प्रतिस्पर्धा गरौं भन्ने बहस गर्न छाडेर आफ्नो पद सुरक्षित गर्दै श्रेष्ठको इन्ट्रेस्ट सर्भ गर्न तयार भए, विना लाज र संकोच ।

जीवनराम श्रेष्ठले नेपाली खेलकुदबाट पाउन बाँकी केहि छैन । उनले २०५३ र २०६३ मा दुई पटक राखेपको सदस्य सचिव बन्ने अवसर पाए । सन् २००७ बाट लगातार एनओसीको कार्यकारी पदमा छन् । तर पनि उनको रहर पूरा भएन । एनओसीमा लामो यात्रा गर्ने योजनामा नै कम सम्भावना भएको नेपाल स्की संघको गठन गरेका हुन् । संस्थापक अध्यक्ष उनी अहिले पनि सोही पदमा यथावत छन् ।

यसबीचमा स्की संघले के गर्यो जगजाहेर छ । सन् २०१६ मा संघको स्थापनालाई सार्थकता देखाउन राष्ट्रिय प्रतियोगिता गर्दै आएको संघले अन्तर्राष्ट्रिय सहभागिता पनि जनाउने गरेको छ । जीवनरामकै छोरा सफलराम श्रेष्ठले युथ ओलम्पिक हुँदै पछिल्लो समय अफिसियलको भूमिकामा पनि स्की संघमा राम्रै प्रतिनिधित्व गर्दै आएका छन् ।

सफलरामले २०१५ देखि २०२४ जनवरीसम्म ३ दर्जन भन्दा बढी इभेन्टमा स्पर्धा गरेका छन् । दक्षिण कोरियामा सुरु भएको उनको अन्तर्राष्ट्रिय खेलाडी करिअर दौरान झन्डै डेढ दर्जन प्रतियोगितामा सहभागिता पुगिसकेको छ । यसमध्य आधा भन्दा बढी इभेन्टमा उनले रेस पुरा नगरेको वा सुरुवात नै नगरेको छ । स्पर्धा पूरा गरेकोमा पनि उनको स्थान धेरैजसो ५० औं भन्दा माथिको स्थानमा देखिन्छ ।

व्यक्तिगत महत्वकांक्षा पूरा गर्न श्रेष्ठले देशको कानुनको पनि खिल्ली उडाएका छन् । मन्त्री, सांसद भइसकेका उनले यसपटक पनि विशेष साधारण सभा रोक्न उच्च अदालत पाटनको आदेशको अवज्ञा गरिसके । उनले शनिबार हुने निर्वाचन रोक्ने सर्वोच्च अदालतको आदेश पनि पालन गर्ने सम्भावना कम छ ।

जसरी पनि पदमा रहिरहने श्रेष्ठले आफ्नो मात्र होइन नेपाली खेलकुदकै कदलाई घटाएका छन् । उनले भन्ने गरेको विधिको सासनको अन्त्य कम्तीमा एनओसीमा भैसकेको छ ।

एनओसीको नयाँ अधिनायकवादी बन्ने जीवनराम श्रेष्ठको सपना र उनको सपना पूरा गर्न तयार हुने मतियारहरुले आफूले चाहेको पद भविष्यमा पनि प्राप्त गर्दै जालान् । तर खेलकर्मी र खेलप्रेमीको अन्तरमनबाट सम्मान भने पाउने छैनन्, सायद खुद आफैंबाट पनि ।

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.