3 months ago
December 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- धरानका प्रो निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीवार ७ स्ट्रोकको अग्रता बनाएका छन्।
समग्रमा १२-अन्डर १२८ को प्रभावशाली स्कोरमा विष्णु प्रसाद शर्मालाई ७ स्ट्रोकले पछि पार्दै निरजले उपाधि जित्ने संभावनालाई मजबुत बनाए।
पहिलो दिन ८-अन्डर ६२ को कोर्स रेकर्ड बनाएका निरजले दोस्रो दिन पनि उत्कृष्ट स्कोर कार्ड निकाले। उनले आज ४-अन्डर ६६ मा खेल सकाए।
७०-पारको धरान गल्फ क्लबमा निरज उत्कृष्ट लयमा देखिएका छन्। उनले आज खेलको सुरुवात बोगीबाट गरेपनि कुल ६ बर्डी प्रहार गरे। पहिलो होलको बोगीलाई बिर्साउँदै तेस्रो, पाँचौं र छैटौं होलमा एक-एक सट बचाए।
फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले। ब्याक नाइनमा १५औं होलमा एक सट खेर फाले। १४औं, १६औं र १७औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन पनि २-अन्डर ३२ मा सकाए।
३६ होलको समाप्तीमा कुल १२ बर्डी, एक इगल र दुई बोगी प्रहार गरेका निरज धरान गल्फ कल्बमा ५४ होलको कुल स्कोर रेकर्ड तोड्ने दाउमा छन। शुक्र बहादुर राईको नाममा रहेको १७-अन्डर १९३ को स्कोर तोड्न प्रयास गर्ने निरजले बताए। उनले पहिलो प्राथमिकता उपाधि नै रहेको पनि बताए।
समग्रमा ५-अन्डर १३५ सहित विष्णु प्रसाद शर्मा दोस्रो स्थानमा उक्लिए। उनले आज ३-अन्डर ६७ को स्कोर दर्ज गरे। उनले पहिलो देखि आठौं होलमा पार बचाए भने नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए।
त्यसपछि ११औं, १२औं, १७औं र १८औं होलमा चार बर्डी प्रहार गरे। तर १५औं र १६औं होलमा लगातार दुई बोगी खेपे। ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।
धरानका प्रो बलभद्र राई र भुवन कुमार रोक्का संयुक्तरुपमा तेस्रो स्थानमा रहे। बलभद्रले ३-अन्डर ६७ र भुवनले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
एमेच्योरतर्फ सुमन परियार समग्रमा इभन-पार १४० सहित शीर्षस्थानमा छन। उनले सुन्दर राईलाई २ स्ट्रोकले पछि पारे। उनले आज २-अन्डर ६८ स्कोर निकाले। सुन्दरले समग्रमा २-ओभर १४२ स्कोर जोडे।
३६ होलको समाप्तीमा ९-ओभर १४९ स्कोर गर्ने २१ प्रोफेसनल र ८ एमेच्योर गरी कुल २९ जना गल्फरले कट बनाएका छन्। अन्तिम १८ होलको खेल भोलि हुनेछ।
५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको छ। विजेताले उपाधिसँगै १ लाख ५० दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]