default_image

3 months ago

December 24, 2024

सदभावलाई गल्फ संघको सम्मान

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यलाई नेपाल गल्फ संघले सम्मान गरेको छ।

राजधानीमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सदभावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँ सहित सम्मान गरे।

नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड मास्टर फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भएका थिए।

युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५-अन्डर २०५ स्कोर गर्दै सदभावले उपाधि जितेका थिए। उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि जित्दै इतिहास बनाएका थिए।

गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्न सन् २०१२ देखि सुरु गरेको हो। १२ वर्षमा पहिलो पटक नेपालले ग्रान्ड फाइनलमा उपाधि जितेको हो।

सदभावले सम्मानका लागि गल्फ संघ, सहयोगका लागि राखेप, परिवार , प्रशिक्षकलाई धन्यवाद दिए ।सदभावलाई यो सफलताको लागि बधाई दिंदै सदस्य सचिव घिसिङले नेपाली गल्फ र सदभावलाई राखेपले सक्ने सहयोग गर्ने बताए।

एमेच्योर गल्फ वरियतामा अंक जोडिने यो प्रतियोगिता जितेपछि सदभावको विश्व वरियतामा पनि सुधार भएको छ। उनी ५२ स्थान माथी उक्लदै ३१४ औं स्थानमा उक्लिएका छन्।

गल्फ संघका अध्यक्ष टासी घलले सदभावको सफलतामा परिवारको ठूलो साथ रहेको भन्दै संघको‌ तर्फबाट बधाई दिए । एसियाली खेलकुदको‌ तयारी मिसन २०२६ मा गल्फलाई पनि समावेश गरेकोमा राखेपलाई धन्यवाद दिए।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.