3 months ago
December 21, 2024
काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- उग्रचण्डी मावि र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले जितेका छन्।
काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् ।
बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक जोड्ने श्याम मानन्धर दोस्रो , प्रेम खड्का तेस्रो, शन्तलाल श्रेष्ठ चौथो, देवकृष्ण श्रेष्ठ पाँचौ, अञ्जन श्रेष्ठ छैटौं र धर्क सिं तामाङ सातौं भए।
काभ्रे जिल्लाका ७८ जना खेलाडीको सहभागीता रहेको प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट युवा १२ आदित्य बमजन विजयी र सगर्भ न्यौपाने दोस्रो भए ।
युवा १४ वर्षमा विनेश श्रेष्ठ पहिलो, सिदेन प्रजापति दोस्रो तथा युवा १६ वर्षमा आर्यन वादे पहिलो , प्रजिल मानन्धर दोस्रो भए ।
यसैगरी छात्रा तर्फ कृपा पौडेलले पहिलो र आरती थापाले दोस्रो भइन् । राइजिङ्ग स्टारको पुरस्कार आर्यस गिरिले जिते।
काभ्रे जिल्ला बुद्धिचाल संघका अध्यक्ष एवं महासंघका पूर्व महासचिव रघुवर चौ प्रधानको सभापतित्वमा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले विजेतालाई २० रुपैयाँबाट पुरस्कृत गरेका थिए।
बनेपा नगरपालिका वडा नं ४ का अध्यक्ष श्याम शुन्दर श्रेष्ठ, प्रधानअध्यापक सानु रोक्का क्षेत्री ( बोधिकेश), महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, सचिवालय सदस्य निरञ्जन प्रजापति, प्रमुख निर्णायक एनए प्रकाश मानन्धर लगायतको उपस्थिति थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]