default_image

3 months ago

December 20, 2024

हिमालयन चेस एकेडेमीले कौशलटारमा प्रशिक्षण सञ्चालन गर्ने

322 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नस (रिडर्स हव) सँग सम्झौता गरेको छ ।

गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो । नियमित प्रशिक्षणको लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ । त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो ।’

योङ लर्नर्सकी संस्थापक वन्दना अर्याल भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्टस्, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं । एउटै स्प्थानमा बालिबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं । आफ्ना बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन् । अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं ।’

उनकाअनुसार पुस १३ गतेदेखि चेस ट्रेनिङ सुरु गरिनेछ । सुरुमा साप्ताहिक रुपमा शनिबार दिउँसो १२ देखि २ बजे ट्रेनिङ सञ्चालन हुनेछ, जसमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागि हुन पाउनेछन् ।

दुवै संस्था गत वर्ष स्थापित भएका हुन् । नेपालको पहिलो महिला राष्ट्रिय च्याम्पियन खम्बूले स्थापनस गरेको हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित ट्रेनिङ गरिरहेका छन् ।

एकेडेमीले प्रतियोगिता व्यवस्थापथन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.