3 months ago
December 14, 2024
काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्।
उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ । युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको चेस प्रतियोगितामा पुस ८ गतेसम्म चल्नेछ ।
नवौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको विजेता सिन्दिरा जोशी र तेस्रो भएकी पूजालाई फिडे आर्विटर सोराज ताम्राकारले दिल्लीबाट बिदाइ गरेका छन्।
प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र युएई, भारत, इरान, उज्वेकिस्तान, लेभनन्, बहराइन, फिलिपिन्स, काजकिस्तान, सिंगापुर, ताजकिस्तान, इराक लगायतका राष्ट्रका खेलाडीको सहभागिता रहनेछ।
अन्तर्राष्ट्रिय खेल स्पर्धा क्लासिकल , र्यापिड र ब्लिट्ज गरि तिन विधामा सञ्चालन हुने प्रतियोगितामा टाइम कन्ट्रोल ९० मिनेट ३० सेकेण्ड इन्क्रिमेण्टको रहनेछ। जसमा सिन्दिराले रेटिङ्ग २ हजार मुनि प्रतिस्पर्धा गर्नेछिन् । पूजाले १७ सय रेटिङ्ग मुनि शीर्ष दोश्रो वरियता प्राप्त गर्दै प्रतिस्पर्धामा सहभागी हुनेछिन् ।
२५ हजार अमेरिकीले डलर पुरस्कार रहेको प्रतियोगिताको प्रत्येक विधाका विजेताले १ हजार ५ सय, दोस्रोले १ हजार २ सय , तेस्रोले १ हवार, चौथोले ८ सय र पाँचौले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]