4 months ago
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र भारतको क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुँदैछ।
लिग चरणको प्रदर्शनको आधारमा हेल्प नेपाललाई बलियो मान्न सकिन्छ। उसले लिग चरणमा क्यालिकटलाई हराइसकेको छ।
हिजो भएको सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको इरान यु १८ लाई हराउँदै क्यालिकटले टोली कमजोर नभएको सन्देश दिसकेको छ। इरानसँग पनि क्यालिकट लिग चरणमा हारेको थियो। सेमिफाइनलमा ३-१ ले हराउँदै क्यालिकटले फाइनलमा स्थान बनाएको हो।
क्यालिकटको रिच र अटयाकलाई रोक्ने चुनौती हेल्प नेपाललाई रहनेछ। हेल्प नेपालले लिग चरणमा एक खेल हारेपनि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। लयमा देखिएको हेल्प नेपालले हिजोको सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराएको थियो।
क्यालिकटलाई माथ दिँदै काभा क्लब च्याम्पियन्सिपको पहिलो संस्करणमा च्याम्पियन बन्नको लागि हेल्प नेपालले डिफेन्स र ब्लकमा मजबुत प्रदर्शन गर्न जरुरी छ। हेल्प नेपाललाई आज घरेलु दर्शकको साथ पनि रहनेछ।
फाइनल दिउँसो ३:३० बजे राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरु हुनेछ।
त्यसअघि तेस्रो स्थानको लागि हुने खेलमा इरान यु-१८ ले सामना क्लब एचडिसीसँग हुनेछ । यो खेलमा इरानी टोली हाबी हुने संभावना छ। यो खेल दिउँसो १:१५ बजे सुरु हुनेछ। दुवै खेल हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीलेले प्रत्यक्ष प्रसारण गर्नेछ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]