3 months ago
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।
रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते ।
साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले २०२२-२३ सिजनमा भुवन नगरकोटीले बनाएको १४-अन्डरको रेकर्ड तोडेका हुन्।
निरज ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए। प्रतियोगिताको चौथो तथा अन्तिम दिनको खेल सुरू गर्दा सदभाव विरूद्ध निरजसँग एक स्ट्रोकको अग्रता रहेको थियो।
पहिलो नौ होलको खेलमा सदभाव र निरजले ४-अन्डर ३० को स्कोर निकाल्दा प्रतिस्पर्धा थप रोमाञ्चक बन्यो।
सदभावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे। निरजले पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे। १० औं होल दुवैले पारमा सकाए।
११औं होल टर्निङ प्वाइन्ट बन्न पुग्यो। सदभावले यो होलमा बर्डी प्रहार गरे। यता निरजले भने ग्रीनमा तीन पट गरे र बोगी खेपे। यो सँगै निरजले अग्रता मात्र गुमाएनन् एक स्ट्रोकले पछि पनि परे। यो अग्रतालाई सदभावले १३औं होलमा बढाए। उनले बङकरबाट बर्डी प्रहार गरे।
निरजले पार खेल्दा सदभाव दुई स्ट्रोकले अघि बढे। यसपछि दुवैले बाँकी ५ होल पारमा सकाए। निरजले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।
सदभावले अन्तिम नौ होलको खेल २-अन्डर ३२ मा सकाउँदै उपाधि जिते। सदभावले उपाधि जित्ने क्रममा तेस्रो र चौथो दिन बोगी रहित खेल पनि खेले। उपाधि जोगाउन नसकेका निरज प्रोतर्फ भने पहिलो हुँदै १ लाख २५ हजार रुपैयाँ हात पारे।
दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए। उनले ८५ हजार रुपैयाँ प्राप्त गरे।
एमेच्योर राहुल विक समग्रमा ६-अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक प्रो भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै ६८ हजार रुपैयाँ जिते।
प्रतियोगिताको विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुर राज अधिकारी र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।
प्रतियोगितामा कुल ७ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी रहेको थियो। कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरे। अब टुरको तेस्रो प्रतियोगिता इस्टर्न ओपन धरानमा हुनेछ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]