default_image

3 months ago

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

349 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्।

निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌

रोयल नेपाल गल्फ कोर्समा निरजले सुरुवात सानदार गरे। दोस्रो, चौथो, छैटौं र सातौं होलमा एक-एक सट बचाए। नवौं होलको बोगीले फ्रन्ट नाइन ३-अन्डर ३१ खेले।

ब्याक नाइनमा पनि १०औं र ११औं होलमा बर्डी प्रहार गरे। तर १२औं‌ होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले।

तेस्रो दिन सदभावले ४-अन्डर ६४ स्कोर गर्दा ५४ होलको समाप्तीमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए। सदभावले बोगी रहित स्कोर कार्ड तयार पारे। यो क्रममा कुल चार बर्डी प्रहार गरे।

फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३-अन्डर ३१ मा सकाए। उनले चौथो, दशौं, तेर्हौ र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे।

दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गरे। समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झर्न बाध्य भए।

विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गरे। पाँचौं र आठौं होलमा बोगी खेपे।

तर ब्याक नाइनमा उनले लय गुमाए। १०औं होलमा बर्डी प्रहार गरे। यसपछि १५औं, १६औं र १७औं होलमा एक-एक सट खेर फले। ब्याक नाइनमा २-ओभर ३६ को स्कोर दर्ज गरे। उनले पहिलो र दोश्रो दिन अन्डर पारमा खेल सकाएका थिए।

समग्रमा ५-अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे। उनले आज १-अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा छन्। उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए।

कुल ७ लाख ३५ हजार रुपैयाँ पुरस्कार लागि खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन। विजेताले उपाधिसँगै १ लाख ५० हजार , दोस्रोले ८५ हजार र तेस्रोलर ६८ हजार रुपैयाँ प्राप्त पार्नेछन्।
साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रोफेसनल गल्फर एसोसिएसन (पिजिए) को आयोजना‌ र सूर्य नेपालको प्रायोजनमा जारी प्रतियोगिताको अन्तिम शुक्रवार १८ होलको खेल हुनेछ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.