4 months ago
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ।
गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग सेमिफाइनल खेल्ने तय भएको छ।
लिगको अन्तिम खेलमा सेमिफाइनल प्रवेश गरिसकको क्यालिकट विरुद्ध ३ अंक निकालेको भए गण्डकी सेमिफाइनलमा पुग्ने थियो। तर गण्डकीले कमजोर प्रदर्शन गर्यो।
क्यालिकटले २५-२२, २५-१९ र २५-१५ को अत्यन्त सहज नतिजामा गण्डकीलाई पराजित गर्यो। गण्डकी सोझो सेटमा हार्दा माल्दिभ्सको क्लब एचडिसीले अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
अपराजित इरान यु-१८ ले १०, हेल्प नेपाल ८ अंक, क्यालिकटले ७ र र क्लब एचडिसीले ५ अं जोड्यो । सबै खेल हारेको गण्डकी २ अंक बटुल्यो।
प्रतियोगितामा शुक्रवार दिउँसो २:३० बजे हुने पहिलो सेमिफाइनल इरान यु १८ र क्यालिकटबीच हुनेछ । हेल्प नेपाल र क्लब एचडिसीबीचको दोस्रो सेमिफाइनल साँझ ५ बजे सुरु हुनेछ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]