default_image

3 months ago

December 11, 2024

सूर्य नेपाल काठमाडौं ओपन -विष्णुलाई एक स्ट्रोकको अग्रता

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्।

आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे।

खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा ५-पारको चौथो होलमा इगलको सफलता नै प्राप्त गरे। यसपछि १०औं होलमा एक सट खेर फल्दा ब्याक नाइन १-ओभर ३५ मा सकाए। उनले पहिलो दिनको खेल३-अन्डर ६५ मा खेल सकाएका थिए।

३-अन्डर ६५ स्कोर गरेका धरानका प्रो निरज समग्रमा ६-अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन। उपाधि रक्षा गर्ने दाउमा रहेका निरजले पहिलो होलमा इगल प्रहार गर्दै दिनको सुरूवात उत्कृष्ट गरे।

दोस्रो र छैटौं होलमा बोगी खेपे। पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३३ मा पुरा गरे। यसपछि १०औं होलमा एक सट खेर फाले। १३औं होलमा इगल प्रहार गर्दा १७औं होलमा एक सट बचाए। उनले ब्याक नाइन २-अन्डर ३२ मा पुरा गरे।

नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले ३-अन्डर ६५ को स्कोर तयार पार्दा समग्रमा ५-अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका छन्। उनले फ्रन्ट नाइनमा २-अन्डर ३२ र ब्याक नाइन १-अन्डर ३३ को स्कोर बनाए।

पहिलो, चौथो, पाँचौं, आठौं र सत्रौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे। दोस्रो र सातौं होलमा एक-एक सट खेर फाले। यो स्कोर‌मा सदभाव एमेच्योरतर्फ शीर्षस्थानमा रहेका छन्।‌ उनले राहुल विकेलाई चार स्ट्रोकले पछि पारेका छन्।

दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा बोगीरहित स्कोर कार्ड तयार पारे। उनले ५-अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४-अन्डर १३२ सहित चौथो स्थानमा उक्लिए। फ्रन्ट नाइनमा ४-अन्डर ३० र ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले। पहिलो, दोस्रो, चौथो, आठौं र दशौं होलमा बर्डीको सफलता प्राप्त गरे।

३८ होलको समाप्तीमा १३-ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रो र ६ एमेच्योर गल्फरले कट बनाएका छन। ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गरिरहेका छन। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रोले ८५ हजार तेस्रो हुने खेलाडीले ६८ हजार रुपैयाँ हात पार्नेछन्।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.