default_image

3 months ago

December 10, 2024

कोशी १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो

393 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ ।

आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औँ बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेश पूर्ण तयारी साथ प्रस्तुत हुने बताए ।

मन्त्री राईले कोशी प्रदेशले अत्यधिक पदक जित्नेगरी तयारीमा लाग्नुपर्ने र आवश्यकताअनुसार प्रदेश सरकार र बोर्डले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय खेलकुद तयारीसँगै बोर्डको भौतिक संरचना तथा सम्पत्तिको अभिलेखीकरण गर्ने र खेल संघहरुको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन–२०८१ लाई पारित गरेको जानकारी दिए ।

त्यस्तै, बैठकले बोर्डको आर्थिक कार्यविधि निर्माण गर्ने, मोरङको बैजनाथपुर र सुनसरीको इटहरी रंगशालाको व्यवस्थापन समिति निर्माण गर्ने, बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) गर्ने लगायतको निर्णय गरेको बस्नेतले बताए ।

सदस्य सचिव बस्नेतका अनुसार बैठकले बोर्डको वार्षिक कार्यक्रम कार्ययोजना निर्माण गरेर प्रदेशस्तरीय खेलकुद आयोजना गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को मंसिर २१ गते बसेको बोर्ड बैठकले चैत २३ गते देखि ३० गतेसम्म १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.