2 months ago
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ।
क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज नतिजामा पहिलो सेट जित्दै क्यालिकटले १-० को अग्रता बनायो।
दोस्रो सेट प्रतिस्पर्धात्मक बनेपनि २५-२३ ले क्यालिकटले बाजी मार्यो। २-० ले पछि परेको एचडिसी खेलमा फर्कन सकेन। तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै क्यालिकटले सोझो सेटको जित निकाल्यो।
यसअघि पहिलो खेलमा क्यालिकट नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ ले हारेको थियो।
दुई खेलपछि क्यालिकेटको ४ अंक भएको छ। एचडिसीको यो दोस्रो हार हो।
उसले पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३-२ ले हराउँदै विजयी सुरूवात गरे पनि दोस्रो खेलमा इरानको यु-१८ सँग ३-२ ले पराजित भएको थियो। च्याम्पियनसिपमा ५ अंकका साथ हेल्प नेपाल शीर्ष स्थानमा छ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]