3 months ago
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेका शैलेन्द्र न्यौपानेले
स्व.केशव नारायण ताम्राकारको स्मृतिमा आयोजित तेश्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।
भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको खेलबाट ८ अंक जोड्दै शैलेन्द्रले उपाधि जितेका हुन्।
शैलेन्द्रले अन्तिम चरणमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे । शैलेन्द्रले १५ हजार रुपैयाँ र २ तोला बराबर चाँदीको सिक्का हात पारेका छन्।
काठमाडौंका धिरेन राईले ७.५ अंक जोड्दै दोस्रो भए । उनले १० हजार र दुई तोलाको चाँदिको सिक्का प्राप्त गरे। निकेन कुसाथाले ७ अंकसहित तेस्रो स्थानप्राप्त गरे । उनले ७ हजार रुपैयाँ र दुई तोला चाँदिको सिक्का प्राप्त गरे।
९३ जना राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा धरानका मुहान नरसिंह श्रेष्ठले ७ अंक जोडेर चौथो , भक्तपुरका गणेशमान दुवाल पाँचौ, इलामका गणेश बहादुर थापा छैटौं, झापाका राजन सुवेदी सातौं, शंखरापुरका सन्देश श्रेष्ठ आठौं, भक्तपुरका बिक्रम चोकमी नवौं र काठमाडौंका सिएम भगवती प्रसाद शर्मा दशौं स्थानमा भए ।
प्रतियोगिता अन्तर्गत भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडी विजय जति, वेष्ट लोकल विक्रम जति, उत्कृष्ट सिनियर दामोदर गाँईंजू, उत्कृष्ट नव प्रवेशी नवलपरासीका सुरज कुमार गैरे, उत्कृष्ट १९०० रेटड मुजफपुरका सोनु अभिषेक, उत्कृष्ट १७०० रेटेड अनिष प्रजापति, १६०० रेटेड उत्कृष्ट काठमाडौंका रचितराज लम्सालले पुरस्कार प्राप्त गरे।
यसरी नै उत्कृष्ट महिलामा भक्तपुरका यशस्वी शर्मा, युवा १८ उत्कृष्ट स्वर्णिम दुवाल, युवा १६ प्रत्युस श्रेष्ठ र युवा १६ उत्कृष्ट सबिद प्रजापतिले आ आफ्नो विधाका पुरस्कार प्राप्त गरे।
स्व. केशव नारायण ताम्राकारका छोरा नीलकृष्ण ताम्राकारले परिवारको तर्फवाट पुरस्कार र बुबाको चित्र अंकित चाँदिको सिक्का प्रायोजन गर्ने अवसर प्रदान गरेको मा धन्यवाद दिए ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले भक्तपुरमा बुद्धिचाल खेलको जग बसाउन ठूलो योगदान पुर्याउनु भएका स्व. केशव नायायण ताम्राकार पहिलो राष्ट्रिय भेट्रान प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको स्मरण गरेका छन्।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]