3 months ago
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
दशरथ रंगशालामा आज पहिलो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई ३-१ ले हराउँदै हेल्प नेपालले लगातार दोस्रो जित निकालेको हो।
हेल्प नेपाल स्पोर्टस क्लबले उत्कृष्ट सुरूवात गर्यो। गण्डकीले पहिलो सेटमा टिपटप हेल्प नेपाललाई चुनौती समेत दिन सकेन।
सुरूवात देखि नै अग्रता बनाएको हेल्प नेपालले १५-७ को अग्रता बनाउँदा पहिलो सेट एकपक्षीय बन्यो। २५-१४ ले पहिलो सेट जित्दै हेल्प नेपालले १-० को अग्रता बनायो। एक सेट गुमाएको गण्डकी विरूद्ध दोस्रो सेटमा पनि हेल्प नेपालले राम्रो सुरूवात गर्यो।
१४-९ को अग्रता बनाउँदा हेल्प नेपालले ५ अंकको अग्रता बनाएको थियो। तर गण्डकीले खेललाई २४-२३ सम्म पुर्याउँदै खेलमा फर्कने कोशिशमा थियो। तर २५-२३ ले दोस्रो सेट पनि जित्दै हेल्प नेपालले २-० को स्पष्ट अग्रता बनायो।
२ सेट गुमाएपछि जितको संभावनालाई कायमै राख्न गण्डकीलाई तेस्रो सेट जित्नैपर्ने दबाब थियो। तर यो सेटमा पनि सुरूवात देखि हेल्प नेपालले अग्रता बनायो। एक समय १४-१० ले हेल्प नेपाल अगाडि थियो। हेल्प नेपालले २०-१७ को अग्रता बनाउँदा सोझो सेटको जित हात पार्ने संभावना उच्च थियो।
तर गण्डकीले उत्कृष्ट कमब्याक गर्यो। खेललाई २१-२१ को बराबरीमा पुर्यायो। २३-२३ को बराबरी पछि गण्डकीले लगातार दुई अंक जोड्यो। यो सेट हेल्प नेपालले २२-२५ ले गुमायो। खेल दुई एकको स्थितिमा पुग्यो। तर यसपछि तेस्रो सेट सहजै २५-१६ ले आफ्नो पक्षमा पार्दै खेल ३-१ ले आनो पक्षमा पार्यो।
लगातारको दोस्रो जितमा हेल्प नेपालले ५ अंक बनाएको छ। हिजो हेल्प नेपालले भारतको क्यालीकट हिरोजलाई ३-२ ले हराएको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]