default_image

3 months ago

December 7, 2024

नवाङ, दावा र पवन विजयी‌

381 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दी अन्तराष्ट्रिय इन्भिटेसनल सिरिजको उपाधि नवाङ पासाङ शेर्पा र दावा सोनाम शेर्पाले जितेका छन्। उनीहरूले आ-आफ्नो ह्यान्डीक्याप क्याटगरिमा उपाधि जित्दै फाइनल सिरिजमा स्थान बनाएका हुन्।

गोकर्ण गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा १३ वा सो भन्दा बढी ह्यान्डीक्यापतर्फ उपाधि जित्ने क्रममा नवाङले ४२ अंक जोडे। फुर्साङ लामा ३७ अंक सहित दोस्रो र आरती राना ३६ अंक जोडेर तेस्रो भए।

शुन्यदेखि बाह्र ह्यान्डीक्यापमा दावाले ४१ अंक सहित उपाधि आफ्नो नाममा लेखाए। गौरव शाह दोस्रो र जिग्मे दोङसेट्स्टान तेस्रो भए। उनीहरूले क्रमशः ३६ र ३४ अंक बनाए।

यसैगरी सबै सहभागीको लागि खुल्ला गरिएको चिपिङ कम्पिटिसनमा पवन बिष्ट पहिलो भए। यो तीन स्पर्धाको विजेता दी इन्टरनेशनल सिरिज फाइनलमा नेपालबाट छनोट भए। यो फाइनल अर्को महिना दुबईमा हुनेछ।

यसैगरी सोनाम नोर्बु लामाले क्लोजेस्ट टु दी पिन, प्रविण शाही ठकुरीले लङ्गेस्ट ड्राइभ र सुनिल‌ कार्कीले बिट-दी-प्रोतर्फको उपाधि जिते। प्रतियोगिता स्टेबलफोर्ड ३/४ ह्यान्डीक्याप फरम्याटमस खेलाइएको थियो।

ओमा इमिरेटसको प्रायोजनमा सम्पन्न एकदिने प्रतियोगितामा ९८ गल्फरले सहभागिता रहेको थियो। विजयी खेलाडीहरूलाई आजै पुरस्कार बितरण गरियो।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.