3 months ago
December 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले रोमाञ्चक जितका साथ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको उदघाटन खेलमा हेल्प नेपालले दाबेदार भारतको क्यालिकट हिरोजलाई ३-२ को सेटमा माथ दियो।
हेल्प नेपालले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्यो। तर यसपछि बलियो टिम क्यालिकट खेलमा फर्कन आतुर थियो। जहाँ दोस्रो सेटमा नेपाली टोलीलाई कडा चुनौती दियो। हेल्प नेपालले यो सेट २०-२५ ले गुमायो। खेल एक-एकको बराबरीमा पुग्यो।
तेस्रो सेट प्रतिस्पर्धात्मक बनेपनि क्यालिकट हाबी रहयो। उसले २५-२२ ले खेल जित्दा घरेलु टिम विरुद्ध २-१ को अग्रता बनायो। खेल जित्ने संभावनालाई जिवितै राख्न हेल्प नेपाललाई चौथो सेट जित्नु जरूरी थियो। जहाँ दुवै टिमबीच कडा प्रतिस्पर्धा चलेपछि २६-२४ ले चौथो सेट आफ्नो पक्षमा पार्यो। २-२ को बराबरीपछि खेलको निर्णय पाँचौ सेटबाट भयो।
घरेलु दर्शकको साथमा हेल्प नेपालले पाँचौ सेटमा क्यालिकटलाई मौका नै दिएन। १५-१० ले निर्णायक सेट जित्दा हेल्प नेपालले जितबाट सुरूवात गरेको छ।
हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेताको रूपमा यो च्याम्पियनसिपको लागि छनोट भएको हो। ३ पाकिस्तानी ,नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडी लोनमा ल्याएर हेल्प नेपालले टोलीलाई बलियो बनाएको छ।
च्याम्पियनसिपमा नेपाल सहित ४ राष्ट्रका ५ क्लबले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् ।
सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन। लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।
जहाँ लिगको शीर्ष टिमले तेस्रो तथा दोस्रोले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ। फाइनल मंसिर २९ गते हुनेछ। च्याम्पियनसिपको सबै खेल राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]