2 months ago
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुरमा हुने अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगिता मंसिर १४ देखि २२ गतेसम्म हुनेछ। राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता र सुश्रुत तेस्रो हुन् । उनीहरुलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालसहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जिया लगायतका ६० भन्दा बढी खेलाडीको सहभागिता रहने महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालवाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वर्ल्ड चेस फेडेरेशनको सहयोगमा महासंघले बेहोर्ने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी गराएका छन्।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]