3 months ago
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तोरण विक्रम शाहीले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधवार १-अन्डर ७१ स्कोर गरे।
समग्रमा ५६ होलको समाप्तीमा ११-अन्डर २ सय ५ सहित एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे। अन्तिम १८ होलको खेल बाकी छँदा ४ स्ट्रोकको अग्रतामा तोरणले उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्।
तेस्रो दिनको सुरूवात गर्दा तोरणसँग ३ स्ट्रोकको अग्रता थियो भने सुरूवात पनि उत्कृष्ट गरे। उनले ६ होल सकिंदा चार बर्डी प्रहार गरिसकेको थिए। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक-एक सट बचाउँदै सोचे जस्तै सुरूवात गरे।
नवौं होलमा भने दिनको पहिलो बोगी खेपे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। नवौं होलको बोगीपछि उनले लय गुमाए। १२औं होलमा एक सट खेर फाले।
तीन-पारको १३औं होलमा बर्डी प्रहार गरे पनि १५औं र १६औं होलमा एक-एक सट खेर फाले। जसले गर्दा ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए।
पहिलो र दोस्रो दिन समान ५-अन्डर खेलेका तोरणको यो तुलनात्मक रूपमा कमजोर प्रदर्शन हो। तर उनले अग्रता भने ४ स्ट्रोकमा पुर्याए।
एमेच्योरद्वय सदभाव आचार्य र राहुल विके समग्रमा ७-अन्डर २ सय ९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। गोकर्ण गल्फ क्लबमा आज एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उनी पाँच स्थान माथी उक्लिए।
पहिलो, तेस्रो र सातौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइनमा ३-अन्डर ३३ को नतिजा निकाले।यसपछि ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहे। १५औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।
राहुलले २-अन्डर ७० को स्कोर दर्ज गर्दै उनी दुई स्थान माथी उक्लिए। उनले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि ११औं होलको बोगी विरूद्ध १५औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।
धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४-अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गरे। यो प्रदर्शनमा उनी समग्रमा १-अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे।
जयराम श्रेष्ठले आज १-अन्डर ७१ को स्कोरमा, समग्रमा इभन-पार २१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन। समग्रमा २-ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे।
रवि र कृष्णमानले समान १-अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए। राजेन्द्रले २-ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिलले बिर्सनलायक ९-ओभर ८१ को स्कोर निकाले। यो स्कोरमा उनी पाँच पटकको स्थान तल झरे।
४ दिन सम्म चल्ने प्रतियोगिताको कुल ८ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको छ। विजेताले १ लाख ५० हजार दोस्रोले १ लाख र तेस्रो खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]