3 months ago
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ ।
नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको लागि बुधबार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुने क्लब च्याम्पियनसिप मंसिर २२ देखि २९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुनेछ ।
च्याम्पियन्सिपमा नेपालका दुई टोलीसहित कम्तिमा ५ टोलीको सहभागिता निश्चित भइसकेको संघका अध्यक्ष चन्दले जानकारी दिए ।
नेपालबाट आठौं प्रधानमन्त्री कप एनभिए लिगको विजेता टिप टप हेल्प स्पोर्टस क्लब र उपविजेता गण्डकी प्रदेशले प्रतिस्पर्धा च्याम्पियनसिपमा भाग लिनेछन् । प्रतियोगिताका लागि हेल्प नेपालले विभिन्न विभागका खेलाडी समेट्दै टोली निर्माण गर्दैछ । गण्डकीले पनि तयारी सुरू गरेको छ, यद्यपि टोली भने सार्वजनिक गरेको छैन ।
हेल्प नेपालबाट कप्तान टोपबहादुर थापा (दीपक), सन्जु विक्रम शाह, सुभाष कुँवर, रविन चन्द, धनबहादुर भट्ट, सफल विक, सुरेन्द्र बम, चिरन खड्का र मनिष मानन्धर खेल्ने पक्का भइसकेको छ । टोलीको प्रशिक्षकमा उत्सव खड्का रहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]