default_image

3 months ago

November 26, 2024

सूर्य नेपाल सेन्ट्रल ओपन – तोरणको अग्रता कायम

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्।

उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए।

सुनिल केसीले ३-अन्डर ६९ को स्कोरमा समग्रमा ७-अन्डर १ सय ३७ को नतिजा सहित दोस्रो स्थानमा कायमै रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले २-अन्डर ७० स्कोर गर्दा समग्रमा ६-अन्डर १ सय ३८ सहित तेस्रो स्थानमा तल झरे।

एमेच्योर राहुल विश्वकर्मा ३-अन्डर ६९ स्कोर सहित समग्रमा ५-अन्डर १३९ सहित चौथो स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो दिन पनि शीर्षस्थानमा कायमै रहे।

३-अन्डर ६९ को स्कोरमा निरज तामाङ समग्रमा ३-अन्डर १४१ सहित पाँचौ स्थानमा छन्। एमेच्योर सदभाव आचार्य समग्रमा १-अन्डर १४३ सहित छैटौं स्थानमा उक्लिए। उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन्।

गोकर्ण गल्फ क्लबमा तोरणले दोस्रो दिन पनि लयलाई कायमै राखे। पहिलो, पाँचौ र आठौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि ११औं, १२औ, १३औं र १६औं होलमा एक-एक सट बचाए। तर १०औं र १५औं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे।

सुनिल केसीले एक रूपताको प्रदर्शनलाई कायमै राखे। तेस्रो होलको बोगीका विरूद्ध चौथो, आठौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा खेले। यसपछि १५औं होलमा बर्डी प्रहार गर्दा बाकी सात होलमा पार बचाउँदै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

दाबेदार नेपाल नम्बर एक भुवनले तेस्रो र सातौं होलको बर्डीमा फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। ब्याक नाइनमा भने संघर्ष गरे। ११औं, १४औं र १५औं होलमा बोगी खेपे। १२औं, १६औं र १७औं होलको बर्डीको मद्दतमा ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।

एमेच्योर राहुलले फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन इभन-पार ३६ मा सकाए। उनले तेस्रो, सातौं, आठौं, बार्हौं, सोर्हौं र अठारौं होलमा गरी कुल ६ बर्डी प्रहार गरे। तर १४औं होलमा डबल बोगी र १५औं होलमा बोगी खेपे। उनले एमेच्योरतर्फ सदभावलाई ४ स्ट्रोकले पछि पारेका छन्।

३६ होलको समाप्तीमा १३-ओभर १३७ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन। चार दिन सम्म चल्ने प्रतियोगिताको कुल ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, १ लाख दोस्रो र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.