4 months ago
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ।
नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ।
नेपाल भलिबल संघ, सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघ सिन्धुपाल्चोक बीच प्रतियोगिता आयोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]