4 months ago
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन सोमवार तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।
तोरणले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन आज तोरणले राम्रो सुरुवात गरे।
उनले बोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि दशौं होलमा एक सट खेर फाले।
१२औं, १३औं र १५औं होलमा एक-एक सट बचाए भने दशौं होलको बोगीले ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे।
नेपाल नम्बर एक प्रो भुवनले पनि फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गरे। पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले ब्याक नाइनमा तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे।
ब्याक नाइनमा मात्र १-अन्डर ३५ को स्कोर निकाले। १०औं, १६औं र १७औं होलमा एक-एक सट बचाए। तर १४औं र १८औं होलमा बोगी प्रहार गरे। ब्याक नाइनको दुई बोगीको कारण उनले शीर्षस्थान गुमाए।
सुनिल केसीले सुरूवात भने राम्रो गर्न सकेनन। उनले फ्रन्ट नाइन १-ओभर ३७ मा पुरा गरे। पाँचौं र छैटौं होलमा एक-एक सट खेर फाले भने सातौं होलमा बर्डी प्रहार गरे।
यसपछि ब्याक नाइनमा आज उनले सानदार प्रदर्शन गरे। ११औं देखि १४औं होलमा लगातार चार बर्डीको सफलता प्राप्त गर्दा १८औं होलमा पनि एक सट बचाए। ब्याक नाइन ५-अन्डर ३१ मा पुरा गर्दा ४-अन्डर ६८ को स्कोरकार्ड तयार पारे।
प्रतियोगितामा ३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन।
यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले संयुक्तरुपमा छैटौं स्थान बाँडे। उनीहरूले १-अन्डर ७१ स्कोर गरे। इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।
एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन्।
चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १३ प्रोफेसनल गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ। ३६ होलपछि कट लागु हुनेछ।
प्रतियोगिताको कुल ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]