4 months ago
November 25, 2024
सूर्य शुभचिन्तक,वीरगञ्ज
नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।
महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
१९ वर्ष मुनिको नेपाली महिला क्रिकेट टोलीकी ओपनर प्रविणको प्रदर्शनले देशलाई गौरवान्वित गरेको भन्दै महानगरपालिकाले यो सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले साना प्रविणलाई वीरगञ्ज र नेपालको नाम विश्वस्तरमा चिनाउन सफल खेलाडीको रुपमा प्रशंसा गर्दै बधाई दिए । उनले वीरगञ्ज महानगरपालिका महिला सशक्तिकरण र खेलकुदको प्रोत्साहनमा सँधै अग्रसर रहेको उल्लेख गर्दै प्रविणलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।
महानगरका उपप्रमुख इम्तियाज आलमले वीरगञ्जलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिने खेलाडीहरुलाई प्रोत्साहन गर्न महानगर सँधै तत्पर रहेको बताए । उनले यस अघि पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरिएको स्मरण गर्दै भविष्यमा पनि यस्ता सम्मान कार्यक्रम निरन्तर रहने बताए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले साना प्रविणको सफलता अभिभावकको समर्थन र मेहनतको प्रतिफल भएको बताउँदै घरैबाट खेलकुद र शिक्षा क्षेत्रको प्रोत्साहन आवश्यक रहेको धारणा राखे ।
नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले क्रिकेटको विकासमा अझ धेरै प्रयास आवश्यक रहेको र सबैले यसका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य, कर्मचारी र खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा यस वर्षको एसईई परीक्षामा पर्सा जिल्लामै सर्वाेत्कृष्ट अंक ल्याउने रिया साहलाई पनि ल्यापटप प्रदान गर्दै सम्मान गरिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]