4 months ago
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सह प्रयोजन गरेको छ।
एभरेष्ट हर्ब्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिसु विक्की गोयन्काले नेपालको राष्ट्रिय खेल भलिबलको वृद्धि र विकासमा निकै महत्वपूर्ण योगदान दिँदै आइरहेको यस हेल्प नेपालसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भविष्यमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंसिर २२ गते देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा क्लब च्याम्पियनसिप हुनेछ।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
नेपालबाट गण्डकी प्रदेशले पनि च्याम्पियनमा भाग लिने छ। आठौं प्रधानमन्त्री कप एनभिए लिगमा हेल्प नेपाल पहिलो र गण्डकी दोस्रो भएको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]