default_image

4 months ago

November 20, 2024

अल नेपाल अन्तर वडा टेबलटेनिस अर्को साता

566 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा मंसिर ११ देखि १५ गते सम्म लैनचौरस्थित टेबल टेनिस हलमा हुनेछ।

आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु-१६, गर्ल्स सिंगल्स यु-१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिस्पर्धा हुने बताइएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकमा खेलकुदप्रेमी सुमन खड्गी छन् । सहप्रायोजकमा दि हाण्डीक्राफ्ट तथा खेलकुदप्रेमी रबि धाख्वा छन् ।

प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र क्लोडिङ्ग पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन् । पत्रकार सम्मेलनमा आयोजक र सहप्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । प्रतियोगितामा ४ सय ५० जना खेलाडीले चुनौती प्रस्तुत गर्नेछ ।

प्रतियोगिताको मेन्स / वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शीर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ । मेन्स / वुमेन्स सिंगल्स विजेताले ३० , दोस्रोले १५ र तेस्रो ७ हजार ५ सय रुपैयाँ पाउनेछ ।

१६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गर्ल्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलोले १० , दोस्रोले ५ र तेस्रो २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने आयोजकले जानकारी दियो ।

मेन्स / वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गर्ल्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन प्राप्त गर्नेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.