default_image

3 months ago

November 18, 2024

टिप टप हेल्प नेपालको मुख्य प्रशिक्षकमा खड्काको निरन्तरता

2303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले मुख्य प्रशिक्षकमा उत्सव खड्कालाई निरन्तरता दिने भएको छ।

हेल्प नेपालले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा भाग लिने तयारीमा‌ रहँदा खड्कालाई निरन्तरता दिएको क्लबले आफ्नो सामजिक सन्जालमार्फत जानकारी दिएको‌ छ ।

खड्काकै प्रशिक्षणमा हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। त्यसैको च्याम्पियन बनेको हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्ने छन् ।

काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा मंसिर २२ गते देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ।

खड्काले असोजमा भएको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सलाई प्रशिक्षण दिएका थिए। त्यसमा ललितपुर दोस्रो भएको थियो।

क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण २ क्लबले सहभागिता जनाउने पक्का भएको हो ।

हेल्प नेपालले क्लब च्याम्पियनसिपका लागि विदेशी खेलाडीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाडीलाई यो प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ ।

केही महिनाअघि मात्र नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यू डायमन्डकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।

यसपटक हेल्प नेपाल र गण्डकीले विदेशीसँगै अन्य विभागका खेलाडी सम्मिलित गरेर टिम निर्माण गर्ने तयारी गरिरहेको बताइएको छ ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.