4 months ago
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मेचीनगरले प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा शनिवार फाइनलमा धाइजनलाई ४–३ ले हराउँदै मेचीनगरले जितेको हो ।
धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे । मेचीनगरका लागि रोहन कार्की र प्रथम कार्कीले समान २ गोल गरे । प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता थियो ।
सेमिफाइनलमा मेचीनगरले बाहुनडाँगीलाई ५–१ ले र धाइजनले ज्यामिरेगढीलाई ३–० ले हराएको थियो । विजेता मेचीनगरले उपाधिसहित २१ र धाइजनले ११ हजार रुपैयाँ प्राप्त गर्यो ।
मेचीनगरका रोहन बुढाथोकी सर्वोत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगितामा सोही टोलीका जयश खनालले उत्कृष्ट गोलकिपर र ८ गोल गरेका अंकित दुलाल सर्वाधिक गोल कर्ता बने ।
नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिए ।
महामन्त्री शर्माको २ गोल
मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री शर्माको २ गोलसँगै राजनीतिक दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गर्यो । राजनीतिक दलका लागि भास्कर काफ्लेले २ तथा बालकुमार केसी र रन्जित तामाङले समानएक गोल गरे । कलाकारबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।
अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित ग¥यो । महिला ‘ख का लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को सानदार जित हात पा¥यो ।
सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गरेका थिए । विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गरेका थिए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]