default_image

4 months ago

November 16, 2024

रुपेशलाई वडा अध्यक्ष चेस उपाधि

344 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – एफएम रुपेश जैसवालले महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा भएको वडा कप खुल्ला ¥यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल र भारतका शीर्ष खेलाडीको सहभागिता रहेको ९ चरणको प्रतियोगितामा शनिबार ८ अंक जोड्दै रुपेशले उपाधि जितेका हुन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले आठौं चरणको खेलमा भारतका विनायक सिंह यादवलाई हराएका थिए । रुपेशले उपाधिसहित ट्रफि र २५ हजार रुपैयाँ प्राप्त गरे ।

७.५ अंक प्रोग्रेसिभ प्वाईटका आधारमा भारतका विनायक दास्रो भए र उनले १५ हजार रुपैयाँ प्राप्त गरे । ७.५ अंक बनाएर पनि कट वान प्रोग्रेसिभ प्वाइन्टका आधारमा पुरुषोत्तम सिलवाल तेस्रो भए र उनले १० हजार रुपैयाँ पाए । क्षितिज भण्डारी चौथो, कमल श्रेष्ठ पाँचौं, सुरोज महर्जन छैटौं, सजिन महर्जन सातौं, राजेन्द्र बज्राचार्य आठौं, राजेन्द्रप्रसाद श्रेष्ठ नवौं र सन्देश श्रेष्ठ दसौं भए ।

महिलातर्फ शान्ती धिमालले उपाधि जितिन् । अश्विना आचार्य दोस्रो र सोनी डंगोल तेस्रो भइन् । सानुभाई महर्जन वेष्ट ललितपुर , बद्रीलाल नेपाली दोस्रो, अशोकमोहन श्रेष्ठ वेष्ट महालक्ष्मी, राजन पुरी दोस्रो, नवीन तण्डुकार बेष्ट भेट्रान र त्यसमा द्वितीय पूर्णराज खड्का दोस्रो भए ।

१८ सय रेटेड गोविन्दप्रसाद पौडेल,१६ सय रेटेडमा आभाष तिवारी उत्कृष्ट भए । सुदीन नेपाल उत्कृष्ट नव प्रवेशी खेलाडी, यू १८ मुहान नरसिंह श्रेष्ठ, यू १६ सम्यक श्रेष्ठ, यू १४ हर्षबर्धन राठी, यू१२ ओस्कार पन्थी उत्कृष्ट भए । छात्रातर्फ निकिता चौधरी, १४ मुनि सागर रिजाल, यू १४ माथि कृजन तामाङ्ग विजयी भए ।

महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित शशम्भू चौरमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वडा अध्यक्ष जयकृष्ण बोगटीले हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिने बताए । नगर प्रमुख हरीगोविन्द श्रेष्ठले विजेता खेलाडीलाई पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा २ सय १४ खेलाडीको सहभागिता थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.