6 months ago
November 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा जारी १५औं वल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले आज ३ वटा रजत पदक जितेको छ।
नेपालको लागि शुक्रवार रुजेश शाही, रजनी श्रेष्ठ र प्रज्वलमान शाक्यले रजत पदक दिलाएका हुन् ।
रुजेशले ६० केजी तौल समूहमा रजत जिते । वल्ड च्याम्पियनसिपमा उनको त्यो तेस्रो पदक हो। उनले यसअघि सन् २०१५ मा रजत र २०१७ मा कास्य जितेका थिए। यो स्पर्धामा थाइल्याण्डका खेलाडीले स्वर्ण हात पारेको बताइएको छ।
एसियन च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण विजेता रजनी श्रेष्ठले महिला ५५ केजी मुनिको तौल समुहमा रजत प्राप्त गरिन्। यो स्पर्धामा भियतनामकी खेलाडीले स्वर्ण जितिन्। रजनीले यसअघि ५६औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। वल्ड च्याम्पियनसिपमा उनको यो पहिलो सहभागीता हो।
आजै नेपाललाई अर्को रजत प्रज्वलमानले दिलाए। उनले मास्टर तर्फ ४०-४९ वर्ष उमेर समुहमा रजत आफ्नो नाममा लेखाए। उनले ६५ केजीतर्फ भने उत्कृष्ट पाँचमा स्थान बनाएका थिए।
भोलि रुजेश र रजनीले मिक्स पियरमा तथा सनम मुलगुठीले स्विम सुट र मोडल फिजिक्समा दाबेदारी प्रस्तुत गर्नेछन्। जारी च्याम्पियनसिपमा ४१ राष्ट्रका ३ सय खेलाडीको सहभागिता रहेको जनाइएको छ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]