4 months ago
October 29, 2024
हिमाल खरेल, बिर्तामोड
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’
जिल्लाका अधिकांश प्रशिक्षकहरु सरकारी काममा भन्दा निजी काम र पेशामा व्यस्त भएको कारण खेलाडी उत्पादन र नतिजामा सोचेजस्तो सुधार नभएको बस्नेतको गुनासो थियो ।
सरकारी तलब भत्ता खाने प्रशिक्षकले नभई स्वयमसेवक प्रशिक्षकले खेलाडी उत्पादन गरेको र नतिजा आएको उनको भनाइ थियो ।
‘खेलप्रति मोहभन्दा बाहिर अरु नै पेशा गर्न पाए हुन्थ्यो, अफिस पनि जान नपाए हुन्थ्यो भन्ने सोचले खेलकुद ग्रसित छ’, उनले प्रशिक्षकलाई इंगित गर्दै भने ।
१० औँ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सदस्य सचिव बस्नेतले ताप्लेजुङ, पाँचथर र इलाम हुँदै झापामा तयारीको बारेमा जानकारी र भौतिक संरचनाको निरीक्षण कार्यक्रममा रहेको बताए ।
उनलाई झापामा केही खेल संघका अध्यक्षहरुले खेलका समस्यबारे गुनासो गरेका थिए । हक्की संघका अध्यक्ष मनोज बुढाथोकीले प्रदेशकै हक्की टिम झापामा रहे पनि खेल सामग्री र प्रशिक्षक नरहेको गुनासो गरे ।
त्यस्तै, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले मोफसलको भव्य फुटबल प्रतियोगिताका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नुपर्ने माग राखे । उनले मेची रंगशालामा फ्लड लाइटको व्यवस्था गरिदिन आग्रह गरे ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जिल्लामा खेलकुदको विकासका लागि नीतिगत कार्यक्रम बनाइनुपर्ने बताए ।
जिल्लामा खेल सामग्री र भौतिक संरचनाका लागि बजेट नै विनियोजन गर्नुपर्ने भण्डारीको माग थियो । छलफलमा बक्सिङ, एथलेटिक्स, कराते, उसु, बेसबल, ब्याडमिन्टन लगायत संघका अध्यक्षहरुले आआफ्नो समस्या राखेका थिए ।
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]