5 months ago
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा समूहगत खेल लोकप्रिय छन् । मुख्यतः फुटबल, भलिबल पहिला देखि नै र पछिल्लो एक दशकमा क्रिकेट निकै लोकप्रिय खेलमा पर्दछ । यि तीन खेलको फ्यान फलोइङमा पनि उत्तिकै छ । केहि समय अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विश्वकप लिग-२ का खेलमा देखिएको दर्शकको तस्वीरलाई विश्वभरका सन्चारमाध्यममा चर्चाको विषय बनेको थियो ।
नेपाल क्रिकेट टोलीले स्वदेशमा खेल्दा मात्र होइन विदेशी भूमिमा खेल्दा पनि समर्थकको उल्लेख साथ पाउने गरेको छ । दश वर्षपछि टि ट्वान्टी विश्व कप २०२४ मा अमेरिकामा नेपालले नेदरल्यान्ड्ससँग खेल्दा नेपाली समर्थकको उपस्थितिले टियु मैदानको झल्को दिएको थियो । नेपाली क्रिकेटको जति चर्चा हुन्छ त्यत्तिकै चर्चा समर्थकको पनि हुने गरेको छ । दर्शकको भौतिक उपस्थितिले खेलको लोकप्रियता मापन गर्न सहज हुन्छ । यद्दपी, सबै खेलमा भौतिक उपस्थिति सम्भव हुँदैन ।
जनजनमा खेललाई पुर्याउनका लागि सन्चारमाध्यम त्यसमा पनि टेलिभिजन र पछिल्लो समयमा डिजिटल माध्यम शसक्त माध्यम बन्दै आएको छ । नेपाल पनि त्यसबाट अलग रहन सक्दैन रहेको छैन । यद्दपी नेपालमा जुन स्तरमा अनेक खेल टेलिभिजन र डिजिटल माध्यममार्फत जानुपर्ने हो, त्यो भने हुन सकेको छैन । कोभिडपछि भने त्यसले केही तीव्रता पाएको छ ।
नेपालमा फरक फरक तहमा टेलिभिजन र डिजिटल सन्चारमाध्यमले खेल प्रतिस्पर्धालाई दर्शकमाझ पुर्याउने गरेको छ । खेलकुदलाई नै लक्षित गरेर टेलिभजन सन्चालनको प्रयास पनि नेपालमा केहि वर्षअघि भएको थियो । तर, त्यसले सोचे अनुरुप प्रत्यक्ष प्रसारण गर्न सकेको छैन ।
पछिल्लो समय कान्तिपुर टेलिभिजनले समाचार च्यानलसँगै अलग्गै कान्तिपुर म्याक्स च्यानल सन्चालन गरिरहेको छ । सिनेमा मात्र देखाउने गरी स्थापना भएको कान्तिपुर सिनेप्लेक्स नाममा स्थापना गरेको च्यानललाई कान्तिपुरले खेलकुद हेर्ने दर्शकको मागपछि प्रतियोगितालाई प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य साथ कान्तिपुर म्याक्समा परिवर्तन गरेको छ ।
म्याक्सले क्रिकेट, फुटबल, भलिबल र बास्केटबल जस्ता खेलको प्रत्यक्ष प्रसारण गरेको अनुभव बटुलिसकेको छ । सिमित प्राविधिक र खेलको विषयगत ज्ञानको सिमितताका बाबजुद कान्तिपुर म्याक्सले खेलको प्रत्यक्ष प्रसारणलाई प्राथमिकतामा राखेको देखिन्छ । यसले खेललाई जनमानसमा पुर्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । टेलिभिजन सन्चालन तुलानात्मक रुपमा अन्य माध्यम भन्दा आफैमा आर्थिक रुपमा चुनौतीपूर्ण हुन्छ ।
खेलकुदलाई प्राथमिकतामा राखेर मुख्यतः यि लोकप्रिय खेलका प्रतिस्पर्धालाई प्रत्यक्ष प्रसारण गर्ने लक्ष्यलाई सार्थक बनाउनमा एउटा नाम अग्रपंक्तिमा आउने गर्दछ । दुई दशकभन्दा लामो कर्पोरेट हाउसमा विभिन्न भूमिकामा जिम्मेवारी निवार्ह गरेका उनी हुन् शिशिर पछाई । पछिल्लो समय उनी कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा छन् ।
खेलकुदका इभेन्टलाई ब्रान्डिङ गर्नु पर्नेमा उनी जोड दिन्छन् । कुनैपनि खेल प्रत्यक्ष प्रसारण गर्न ठूलो जनशक्ति र प्राविधिक सामाग्री आवश्यक पर्छ । त्यसको आफ्नै खर्च पनि हुन्छ । एक त खर्च उठाउनु पर्ने नै छ, अर्कोतर्फ व्यापारिक रुपमा पनि इभेन्ट सफल बनाउने जिम्मेवारी रहन्छ ।
त्यसैले उनले कुनै खेलको एउटा प्रतिस्पर्धालाई प्रत्यक्ष प्रसारण गर्नु छ भने त्यसमा विज्ञापन एजेन्सी र विज्ञापन दातालाई खेलक्षेत्रको व्यापकता सम्झाउनमा प्रसस्त समय खर्चेका छन् । नेपाली कर्पोरेट हाउसहरुमा अहिले क्रिकेटप्रति चासो बढेको छ । लगानी पनि विगतमा भन्दा निकै बढेको छ । तर, फुटबल होस् वा भलिबल, खेलकुदमा सम्भावना रहेको सम्झाउन पछाई हर सम्भव प्रयास गर्छन् ।
खेलकुदमा उनको प्रत्यक्ष संलग्नता नभएपनि उनले खेलक्षेत्रले दर्शकमा पार्न सक्ने प्रभावलाई भने उनले चाँडै आत्मसात गरेको उनको काम गर्ने शैलीबाट बुझिन्छ । नेपाली क्रिकेट, फुटबल वा भलिबल टोलीले देश भित्र वा बाहिर खेल्नै सबै खाले प्रतियोगितालाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्नका लागि उनी प्रयास थालिहाल्छन् ।
जसको फलस्वरुप कान्तिपुर म्याक्स पछिल्लो समयमा नेपालले खेल्ने धेरै खेलको प्रत्यक्ष प्रसारण गर्न सफल भएको छ । त्यसको आधार तयार पार्नुमा मुख्य भूमिका उनको रहन्छ । अढाई दशक लामो कान्तिपुर पब्लिकेशनको गुडविलका कारण पनि कान्तिपुर टेलिभिजनप्रति कर्पोरेट हाउसको विश्वास बढी हुनु अर्को कारण पनि हुन सक्छ ।
कान्तिपुर र रेडियोेको मुख्य कार्यकारी भूमिकामा रहेका पछाईले लामो यात्रा तय गरेर यो जिम्मेवारीको मौका पाएका हुन् । नेपालगन्जमा मध्यम परिवारमा जन्मेर उच्च शिक्षाका लागि राजधानी पसेका उनको करियर लोभलाग्दो छ । कामप्रतिको लगनशिलता, इमान्दारिता, व्यवस्थापकिय क्षमता र नेतृत्वदायी भूमिककाकै कारण उनी सफल भएको देखिन्छ ।
दुई दशकअघि कान्तिपुर मिडिया ग्रुपमा क्यास काउन्टरको जागिरबाट सुरु भएको उनको यात्रा अहिले त्यहि मिडिया ग्रुपको दुई कम्पनीको सिइओ छन् । क्यास काउन्टरबाट उनले छोटो समयमा काउन्टर प्रबन्धकमा उनी बढुवा भयो । त्यो उनको सुरुवातको दिन थियो । त्यसको दश वर्षमा उनी सेल्स, कम्पनी विमा व्यवस्थापन हुँदै आर्थिक विभागको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
समय बित्दै जाँदा उनले नयाँ जिम्मेवारी पनि पाउँदै गए । सन् २०१० मा युनियनकर्मीहरुसँगको व्यवस्थापनका तर्फबाट पछाईले नेतृत्व गर्ने अवसर पाएका थिए । त्यसमा सफलता पनि मिल्यो । जसले उनलाई थप काम गर्ने उर्जा मिल्दै गयो । उनी आफूलाई नयाँ नयाँ चुनौतीका लागि तयार हुँदै गए । २०१५ (विस २०७२) को विनाशकारी भुकम्पले सन्चारमाध्यममा पनि असर पारेको थियो । त्यसले कान्तिपुरको भौतिक संरचनामा पनि क्षेति पुर्याएको थियो ।
त्यति बेलासम्म पछाई कर्पोरट मेनेजर भइसकेका थिए । उनले पाँचवटा विभागको जिम्मेवारी सम्हालेका थिए । कर्पोरेट संरचना तयार पार्ने, दीर्घकालिन रणनीति तयार पारे । त्यति दौरानमा कान्तिपुर कन्क्लेभ, कान्तिपुर हाफमा म्याराथन सुरुवातको पहल लिए । यि दुई कान्तिपुरका स्थापित ब्रान्ड भइसकेका छन् । त्यसकै फलस्वरुण पछाईले २०१८ मा एक्सिलेन्स अवार्ड प्राप्त गरेका थिए ।
त्यसपछि कोभिडको समयमा २०२० मा उनी एफवान सफ्ट ग्रुपको नेतृत्व सम्हाल्ने मौका पाए । त्यहाँ दिएको जिम्मेवारीका साथै कम्पनीलाई नयाँ उचाईमा पुर्याउने महत्वपूर्ण भूमिका खेलेका उनी आफुले करियर सुरु गरेको कान्तिपुर मिडिया ग्रुपमा टेलिजिभनको सिइओ बनेर फर्केका थिए । त्यो उनका लागि जत्ति अवसर थियो, त्यति नै चुनौतीपूर्ण पनि थियो ।
कोभिड १९ पछिको कमजोर आर्थिक अवस्थाले सन्चारमाध्यम पनि प्रभावित थिए । कान्तिपुर पब्लिकेशनका कर्मचारीको समस्या पनि उत्तिकै थियो । त्यसमा पनि कम्पनीले उनलाई अघि सारेको थियो । समयक्रमसँगै विस्तारै समस्या समाधानका लागि उनीले त्यसको नेतृत्व लिए । सबै पक्षलाई एक ठाँउ ल्याउनमा कम्पनीकातर्फबाट उनको भूमिका केन्द्रमा रह्यो ।
अनेक जिम्मेवारी हुँदा भएपनि खेलकुदप्रति भने उनको विशेष रुची रहने गरेको छ । भलिबललाई जनमानसमा पुर्याउनका लागि डिजिटल मिडिया हाम्रो खेलकुदसँग सहकार्य गर्न पनि पछाईले नै पहल लिएका थिए । एउटा टेलिभिजन र अलग्गै खेलकुदलाई मात्र समेट्ने डिजिटल मिडियाले सहकार्य गरेर भलिबलको प्रत्यक्ष प्रसारण धेरैका लागि अप्रत्यासित थियो । त्यसको जोखिम पछाई लिन तयार भएका थिए । खेलकुदलाई उद्योगका रुपमा विस्तार गर्न सकेको खण्डमा खेलकुद नै समृद्ध हुनेमा उनको दृढ विश्वास देखिन्छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]